काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश जारी गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। सोही रिटमाथि शुक्रबार सुनुवाइ गर्दै अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
प्रसाईं यसअघि प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको थियो। अदालतको आदेशपछि उनलाई रिहा गर्ने प्रक्रिया अघि बढ्ने बताइएको छ।