बिद्राेह या गुलामी ? भाडाकाे व्यवस्था या साम्यवाद ? अबकाे नयाँ विश्व प्रणाली ।

लेखक ः उदय बहादुर चलाउने ‘दिपक’

भेनेज्वेलामाथिकाे अमेरिकी सैन्य आक्रमण तथा रूस र चीनजस्ता शक्ति राष्ट्रहरूकाे प्रतिक्रियाहिन स्थितिले भिन्नरूपमा नवउदारवादी साम्राज्यकाे नयाँ विश्व विभाजन र नयाँ विश्व युद्धकाे तथ्य उजागर गर्दछ । महाशक्ति राष्ट्रहरूबीचकाे अन्तरबिराेध अब प्रत्येक्ष युद्ध नभएर छद्म युद्ध र मुलतः सम्झाैता रहन गएकाे छ ।

यसले हरेक स्वतन्त्र राष्ट्रहरूकाे अस्तित्वलाई भयङ्कर ठुलाे संकटमा धकेलिदिएकाे छ । अत्यन्तै साेचनिय कुरा के छ भने जसरी भेनेज्वेलाका राष्ट्रपति र उनकी पत्नीकाे गिरफ्तारीमा बाहिरबाट अमेरिकी सेना पुग्याे त्याे भन्दा खतरनाक अमेरीकि सेना भेनेज्वेलाका नागरिकहरूकाे अनुहारमा देश भित्रै तमाम छन् । प्रत्येक देशमा शक्तिराष्ट्रका दलालहरू त्याे देशका सबैभन्दा खतरनाक दुश्मन हुन् ।

अब प्रश्न जन्मिन्छ- के ती स्वतन्त्र देशहरूमा रहेकाे अरबाैंकाे जनता मुठ्ठीभर शक्ति राष्ट्रहरूकाे उपनिवेशमा बाँच्न सक्लान् ? या स्वाधिनताकाे नयाँ युद्धमा सामेल हाेलान् ? बिद्राेह या गुलामीमध्ये एउटा राेज्नु प्रत्येक देशका जनताकाे स्वतन्त्रता हाेईन एउटा जबर्जस्त बाध्यता भएकाे छ । याे एक बिछट्टै नयाँ विश्वप्रणालीकाे पुर्वाभास हाे ।

याे नवउदारवाद अन्त्यकाे उद्घाेष पनि हाे । नवउदारवादकाे अन्त्य अर्थात् नयाँ विश्वप्रणालीका दुई प्रमुख विशेषता अन्तर्गत या त भाडाकाे व्यवस्था या विश्व साम्यवाद हुनेछ । यदि हरेक देशका जनताले गुलामी राेजे भने उनिहरू भाडाकाे शासन भाेग्नेछन् । तर, उनिहरूले बिद्राेह राेजेछन् भने त्याे विश्व साम्यावादकाे आरम्भ हुनेछ । कैयाैं देशहरूमा एकसाथ समाजवादी सत्ताहरू स्थापित हुनेछन् । साम्यवादी अर्थात् कम्युनिष्टहरूका लागि समेत याे एक अत्यन्त नयाँ कार्यभार हाे ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...