काठमाडौं । विश्वप्रकाश शर्माले मतदाताको निर्णय स्वीकार्य रहेको बताएका छन्।
फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा धेरै स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अगाडि देखिएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
सामाजिक सञ्जाल एक्समा उनले ‘बुलेटबाट उदाएको माओवादीलाई स्वागत गरेजस्तै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई पनि स्वागत’ गर्ने उल्लेख गरेका छन्। साथै देशका मुख्य मुद्दामा साथ र खबरदारी दुवै जारी रहने उनले बताएका छन्।