कम्युनिस्ट आन्दोलनको संकटका लागि ओली र प्रचण्ड जिम्मेवार : घनश्याम भुसाल

काठमाडौं । घनश्याम भुसालले कम्युनिस्ट आन्दोलनको वर्तमान संकटका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) लाई मुख्य जिम्मेवार ठहर गरेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले यी दुई नेताको सत्तालिप्सा र नेतृत्वको असफलताले कम्युनिस्ट आन्दोलन कमजोर बनेको बताएका छन्।

२०७४ सालको निर्वाचनपछि कम्युनिस्टहरूले प्राप्त गरेको ठूलो राजनीतिक अवसर केपी ओलीको व्यक्तिवादी महत्वाकांक्षाका कारण गुमेको उनको आरोप छ। उनले पार्टी विभाजनपछि पनि नेतृत्वले पाठ नसिकेको भन्दै ओली र प्रचण्ड दुवैले सत्ता नछाड्नु आन्दोलनमाथिको अर्को घात भएको टिप्पणी गरे।

भुसालले जनयुद्ध र त्यसपछिका उपलब्धिलाई सही दिशामा लैजान नसकिएको भन्दै अब कम्युनिस्ट आन्दोलन जोगाउन ओली र प्रचण्डले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्। साथै उनले वामपन्थी समर्थक र कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै आन्दोलनको पुनर्गठनका लागि नयाँ बहस र संवाद आवश्यक रहेको उल्लेख गरेका छन्।

छुटाउनुभयो कि ?

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...