Day: January 16, 2026

घाेराही मेलाको आठौँ दिन : रामजी खाँडसहितका कलाकारको दमदार प्रस्तुतिमा झुम्मिए दर्शक

घाेराही मेलाको आठौँ दिन : रामजी खाँडसहितका कलाकारको दमदार प्रस्तुतिमा झुम्मिए दर्शक

Breaking News 1, पत्रपत्रिका, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को आठौँ दिन चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले मेलास्थल उत्सवमय बनेको छ । लोकप्रिय गीतहरूमा दर्शक झुम्मिँदा मेलाको माहोल अझै रमाइलो बनेको थियो । कार्यक्रममा गायक रामजी खाँडले मोहनी मन्तरले, मेरो मन त हो तिमी तिरै, डाली लुगियो र दुई दुना चार हुन्छ, मन मिले प्यार हुन्छ जस्ता चर्चित गीत प्रस्तुत गर्दै दर्शकको मन जिते । त्यस्तै, गायिका एन्जिला रेग्मीले लुम्बिनी जता तिमी उतै म, दिलको भित्तैमा र ओई छ कि छैन कोई प्रस्तुत गरिन् । गायक राज कुशमीले पतली कमरिया हाई हाई, मोरे दुलरु लाल र थारु ब्याटल गीतमार्फत् दर्शकलाई नचाए । यसैगरी गायक हरि पाण्डेले सुनको चुरा बुझ कुरा, प्रदेशी बनायो यो रुपैले र झम्के साँझैमा प्रस्तुत गरे । गायिका सपना रोका मगरले खोलीमा लेउ लाग्यो, लमाया सातेर र दनदनी गीत प्रस्तुत गर्दै कार्यक्र...
रूपन्देही अन्तरक्रिया : संसदीय चुनाव बहिष्कार अपरिहार्य भएको निष्कर्ष

रूपन्देही अन्तरक्रिया : संसदीय चुनाव बहिष्कार अपरिहार्य भएको निष्कर्ष

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
रूपन्देही । फागुण २१ गते हुन भनिएको संसदीय निर्वाचनको सन्दर्भमा संयुक्त संघर्ष समिति रूपन्देहीद्वारा आयोजना गरिएको विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी सदस्य सन्तबहादुर नेपालीले यथास्थितिको संसदीय निर्वाचन जनताको पक्षमा नरहेको बताएका छन् । नेपालीले वर्तमान संसदीय व्यवस्था दलाल पुँजीवाद र नोकरशाही शक्तिको नियन्त्रणमा रहेको आरोप लगाउँदै यस्तो संरचनाभित्र गरिने निर्वाचनले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या समाधान गर्न नसक्ने स्पष्ट पारे । उनले स्वाधीन संयुक्त सरकार र नयाँ जनमुखी संविधान सुनिश्चित नगरी हुने कुनै पनि चुनाव औचित्यहीन हुने धारणा राखे । कार्यक्रमको अध्यक्षता संयुक्त संघर्ष समिति रूपन्देहीका संयोजक लक्ष्मीकान्ता पौडेलले गरेका थिए भने सञ्चालन बाबुराम आचार्यले गरेका थिए । स्वागत मन्तव्य नेकपा (बहुमत) रूपन्देही पार्टी इन्चार्ज मण...
संसदीय चुनाव बहिष्कारको औचित्यमाथि घोराहीमा अन्तरक्रिया, स्वाधीन संयुक्त सरकार गठनको माग

संसदीय चुनाव बहिष्कारको औचित्यमाथि घोराहीमा अन्तरक्रिया, स्वाधीन संयुक्त सरकार गठनको माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ । फागुण २१ गते हुने संसदीय निर्वाचन बहिष्कारको आह्वान गर्दै संसदीय चुनाव बहिष्कार संघर्ष समिति दाङले आज घोराहीमा ‘स्वाधीन संयुक्त सरकार र नयाँ संविधानका लागि आगामी संसदीय निर्वाचनको औचित्य, बहिष्कार तथा खारेजीको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सचिवालय सदस्य गम्भीर ले वर्तमान नोकरशाही संसदीय व्यवस्था नेपाली जनताको हितमा नरहेको बताउँदै यसलाई सशक्त रूपमा बहिष्कार गर्नुपर्ने धारणा राखे । उनले पटक–पटक संसदीय निर्वाचन भए पनि नेपाली जनताले सुशासन, रोजगारी, निःशुल्क शिक्षा र न्याय नपाएको प्रश्न उठाए । “भ्रष्टाचार दिनानुदिन बढ्दो छ, महँगी नियन्त्रण बाहिर छ, युवा शक्ति विदेश पलायन भइरहेका छन्, नागरिकता त्याग्नेको संख्या बढ्दो छ,” उनले भने, “दलाल, बिचौलिया, मिटरव्याजी, सहकारी ठग र शैक्षिक माफियाहरू नै उम्मेद...
जनार्दन शर्मा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने हल्ला के हो ?

जनार्दन शर्मा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने हल्ला के हो ?

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
रूकुम पश्चिम — प्रलोपाका नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा रूकुम पश्चिमबाट नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर निर्वाचन लड्ने विषयमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचारहरू भ्रामक रहेको प्रलोपाका रूकुम पश्चिम संयोजक गोर्ख बहादुरले बताएका छन्। आठबिसकोट नगरपालिकाका पूर्व मेयरसमेत रहेका संयोजक गोर्ख बहादुरले दुई दिनअघि प्रलोपाका नेता जनार्दन शर्मा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटलाई अतिरञ्जित ढंगले प्रचार गरिएको बताए। उनले सो भेटमा आपसी सहयोग, समसामयिक राजनीति र राष्ट्रिय विषयमा छलफल हुनु स्वाभाविक भए पनि त्यसलाई चुनावी गठबन्धन वा सूर्य चिन्हबाट चुनाव लड्ने निर्णयसँग जोडेर प्रचार गर्नु गलत भएको स्पष्ट पारे। “जनार्दन शर्मा सूर्य चिन्हबाट चुनाव लड्दैछन् भन्ने हल्ला पूर्णतः गलत हो,” संयोजक गोर्ख बहादुरले भने, “भेटघाट र संवादलाई लिएर अनावश्यक अनुमान ...
जेनजी आन्दोलन–माओवादी सहमति : यथास्थितिविरुद्ध संयुक्त जनसंघर्षको घोषणा

जेनजी आन्दोलन–माओवादी सहमति : यथास्थितिविरुद्ध संयुक्त जनसंघर्षको घोषणा

Breaking News 1, पत्रपत्रिका, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ — देशको गहिरिँदो राजनीतिक, आर्थिक र सामाजिक संकटका बीच जेनजी आन्दोलन र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच संयुक्त रूपमा संघर्ष अघि बढाउने सहमति भएको छ। जेनजी विद्रोह र त्यसपछिको विषम परिस्थितिलाई ध्यानमा राख्दै दुवै पक्षबीच लिखित सहमति भएको हो। सहमति अनुसार सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गरिनेछ। साथै जेनजी आन्दोलनले उठाएका सम्पूर्ण मागहरू पूरा गराउन दुवै पक्ष एकताबद्ध रूपमा आन्दोलनमा उत्रिने प्रतिबद्धता व्यक्त गरिएको छ। सहमति पत्रमा आन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधन, स्थिर सरकारको व्यवस्था, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि साझा संघर्ष गर्ने उल्लेख छ। यी मागहरूलाई संस्थागत गर्न संयुक्त कार्यक्रमसहित आन्दोलन अघि बढाइने जनाइएको छ। दुवै पक्षले यथास्थितिवादी सत्ता संरचना अस्वीकार गर्दै जन...
आज माघ २ गते देशभर अन्तरक्रिया : ६ कम्युनिस्ट पार्टीको चुनाव बहिष्कार संयुक्त संघर्ष समिति सक्रिय

आज माघ २ गते देशभर अन्तरक्रिया : ६ कम्युनिस्ट पार्टीको चुनाव बहिष्कार संयुक्त संघर्ष समिति सक्रिय

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ — स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको माग गर्दै विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले घोषणा गरेको कार्यक्रमअनुसार आज माघ २ गते देशभर निर्वाचनको औचित्यमाथि अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ। सोही कार्यक्रमअनुसार आज माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तरक्रिया गोष्ठी आयोजना गरिनेछ। यसअघि समितिले पौष २५ गते संघर्ष कार्यक्रम घोषणा सभा, पौष २६ र २७ गते प्रचार–प्रसार तथा पर्चा वितरण, पौष २८ गते देशव्यापी मशाल जुलुस तथा पौष २९ गते उपत्यका बन्दजस्ता कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ। त्यस्तै, माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ। समितिले स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी गरिने निर्वाचनले जनताको वास्तविक प्रतिनिधित्व नग...
दर्शकको मागपछि घोराही मेलामा आजदेखि ‘जलपरी’ प्रदर्शन सुरु, गायक रामजी खाँडको प्रस्तुति रहने

दर्शकको मागपछि घोराही मेलामा आजदेखि ‘जलपरी’ प्रदर्शन सुरु, गायक रामजी खाँडको प्रस्तुति रहने

Breaking News 1, पत्रपत्रिका, पर्यटन, प्रमुख समाचार, मनोरञ्जन, मुख्य समाचार, समाचार
दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को आठौँ दिन अर्थात् आजदेखि दर्शकको अत्यधिक मागका कारण ‘जलपरी’ प्रदर्शन सुरु गरिने भएको छ । आयोजक संस्था नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष बेदबहादुर बुढामगरले मेलाको सुरुवातदेखि नै दर्शकहरूले निरन्तर रूपमा जलपरी प्रदर्शनको माग गर्दै आएको जानकारी दिँदै आजदेखि औपचारिक रूपमा प्रदर्शन सुरु गर्ने निर्णय गरिएको बताए । उनले भने, “दर्शकको चाहना र उत्साहलाई सम्मान गर्दै आठौँ दिनदेखि जलपरी प्रदर्शन समावेश गरिएको हो । यसले मेलाको आकर्षण अझ बढाउने अपेक्षा गरेका छौँ।” पर्यटन, संस्कृति र मनोरञ्जनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘माघे मेला–२०८२’ मा हरेक दिन नयाँ–नयाँ कार्यक्रम थपिँदै आएका छन् । जलपरी प्रदर्शन थपिएसँगै मेलामा दर्शकको चाप अझ बढ्ने आयोजकको विश्वास छ । मगर समुदायसहित विभिन्न जातजाति...