जेनजी आन्दोलन–माओवादी सहमति : यथास्थितिविरुद्ध संयुक्त जनसंघर्षको घोषणा

काठमाडौँ — देशको गहिरिँदो राजनीतिक, आर्थिक र सामाजिक संकटका बीच जेनजी आन्दोलन र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच संयुक्त रूपमा संघर्ष अघि बढाउने सहमति भएको छ। जेनजी विद्रोह र त्यसपछिको विषम परिस्थितिलाई ध्यानमा राख्दै दुवै पक्षबीच लिखित सहमति भएको हो।

सहमति अनुसार सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गरिनेछ। साथै जेनजी आन्दोलनले उठाएका सम्पूर्ण मागहरू पूरा गराउन दुवै पक्ष एकताबद्ध रूपमा आन्दोलनमा उत्रिने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहमति पत्रमा आन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधन, स्थिर सरकारको व्यवस्था, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि साझा संघर्ष गर्ने उल्लेख छ। यी मागहरूलाई संस्थागत गर्न संयुक्त कार्यक्रमसहित आन्दोलन अघि बढाइने जनाइएको छ।

दुवै पक्षले यथास्थितिवादी सत्ता संरचना अस्वीकार गर्दै जनताको वास्तविक प्रतिनिधित्व सुनिश्चित हुने राजनीतिक विकल्प निर्माण गर्न सहकार्य गर्ने सहमति गरेका छन्।

सहमति पत्रमा संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव विप्लव सीले हस्ताक्षर गरेका छन्।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...