घाेराही मेलाको आठौँ दिन : रामजी खाँडसहितका कलाकारको दमदार प्रस्तुतिमा झुम्मिए दर्शक

दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को आठौँ दिन चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले मेलास्थल उत्सवमय बनेको छ । लोकप्रिय गीतहरूमा दर्शक झुम्मिँदा मेलाको माहोल अझै रमाइलो बनेको थियो ।

कार्यक्रममा गायक रामजी खाँडले मोहनी मन्तरले, मेरो मन त हो तिमी तिरै, डाली लुगियो र दुई दुना चार हुन्छ, मन मिले प्यार हुन्छ जस्ता चर्चित गीत प्रस्तुत गर्दै दर्शकको मन जिते ।

त्यस्तै, गायिका एन्जिला रेग्मीले लुम्बिनी जता तिमी उतै म, दिलको भित्तैमा र ओई छ कि छैन कोई प्रस्तुत गरिन् । गायक राज कुशमीले पतली कमरिया हाई हाई, मोरे दुलरु लाल र थारु ब्याटल गीतमार्फत् दर्शकलाई नचाए ।

यसैगरी गायक हरि पाण्डेले सुनको चुरा बुझ कुरा, प्रदेशी बनायो यो रुपैले र झम्के साँझैमा प्रस्तुत गरे । गायिका सपना रोका मगरले खोलीमा लेउ लाग्यो, लमाया सातेर र दनदनी गीत प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाइन् । मेलामा शिला खाँड ठकुरी, तिर्सना मगर र गंगा बोहराले नृत्यमार्फत् दर्शकलाई भरपुर मनाेरञ्जन प्रदान गरेका थिए ।

सांस्कृतिक संयोजक गोपाल बुढा मगरले कलाकारहरूको उत्कृष्ट प्रस्तुतिका कारण मेलाको आठौँ दिन दर्शकको उल्लेखनीय उपस्थिति रहेको जानकारी दिए। स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको माघे मेला–२०८२ ले घोराहीमा निरन्तर उत्साह थपिरहेको छ ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...