जनार्दन शर्मा एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने हल्ला के हो ?

रूकुम पश्चिम — प्रलोपाका नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा रूकुम पश्चिमबाट नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ लिएर निर्वाचन लड्ने विषयमा केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचारहरू भ्रामक रहेको प्रलोपाका रूकुम पश्चिम संयोजक गोर्ख बहादुरले बताएका छन्।

आठबिसकोट नगरपालिकाका पूर्व मेयरसमेत रहेका संयोजक गोर्ख बहादुरले दुई दिनअघि प्रलोपाका नेता जनार्दन शर्मा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटलाई अतिरञ्जित ढंगले प्रचार गरिएको बताए। उनले सो भेटमा आपसी सहयोग, समसामयिक राजनीति र राष्ट्रिय विषयमा छलफल हुनु स्वाभाविक भए पनि त्यसलाई चुनावी गठबन्धन वा सूर्य चिन्हबाट चुनाव लड्ने निर्णयसँग जोडेर प्रचार गर्नु गलत भएको स्पष्ट पारे।

“जनार्दन शर्मा सूर्य चिन्हबाट चुनाव लड्दैछन् भन्ने हल्ला पूर्णतः गलत हो,” संयोजक गोर्ख बहादुरले भने, “भेटघाट र संवादलाई लिएर अनावश्यक अनुमान र भ्रम फैलाइएको छ।” उनका अनुसार प्रलोपा आफ्नो राजनीतिक धार र संगठनात्मक निर्णयमा स्पष्ट रहेको छ र कुनै पनि दलको चुनाव चिन्हबाट चुनाव लड्ने विषयमा न त छलफल भएको छ न त निर्णय नै भएको छ। भ्रमपूर्ण समाचारले जनतालाई गुमराहमा पार्ने भएकाले यस्ता हल्लाको पछि नलाग्न उनले आग्रह गरे।

संयोजक गोर्ख बहादुरले राजनीतिक भेटघाटलाई अस्वाभाविक रूपमा व्याख्या नगर्न र तथ्यमा आधारित समाचार प्रकाशन गर्न सञ्चारमाध्यमलाई अनुरोधसमेत गरेका छन्।  उता रूकुमका एमाले कार्यकर्ता आफुहरूलाई  अन्याय हुने  भन्दै यो बिषय सत्य भए स्वीकार्य  नहुने बताएका छन् ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...