आज माघ २ गते देशभर अन्तरक्रिया : ६ कम्युनिस्ट पार्टीको चुनाव बहिष्कार संयुक्त संघर्ष समिति सक्रिय

काठमाडौँ — स्वाधीन संयुक्त जनसरकार र जनसंविधानको माग गर्दै विभिन्न क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले घोषणा गरेको कार्यक्रमअनुसार आज माघ २ गते देशभर निर्वाचनको औचित्यमाथि अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछ।

सोही कार्यक्रमअनुसार आज माघ २ गते इटहरी, जनकपुर, सिमरा, चितवन, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज र धनगढीमा निर्वाचनको औचित्यहीनताबारे अन्तरक्रिया गोष्ठी आयोजना गरिनेछ। यसअघि समितिले पौष २५ गते संघर्ष कार्यक्रम घोषणा सभा, पौष २६ र २७ गते प्रचार–प्रसार तथा पर्चा वितरण, पौष २८ गते देशव्यापी मशाल जुलुस तथा पौष २९ गते उपत्यका बन्दजस्ता कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ।

त्यस्तै, माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि रहेको छ। समितिले स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी गरिने निर्वाचनले जनताको वास्तविक प्रतिनिधित्व नगर्ने दाबी गर्दै त्यसविरुद्ध चरणबद्ध संघर्ष अघि बढाइने जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत), क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेकपा तथा समाजवादी कम्युनिष्ट पार्टी नेपालसहित ६ कम्युनिस्ट पार्टीहरूको सहभागितामा गठित समितिले यथास्थितिमा हुने निर्वाचन बहिष्कार  गर्ने उद्देश्यसहित देशव्यापी आन्दोलनलाई सशक्त बनाउने घोषणा गरेको छ।

सीपी गजुरेलको संयोजकत्वमा गठन भएको केन्द्रीय संयुक्त संघर्ष समितिमा रामसिंह श्रेष्ठ, शारदा महत, धर्मेन्द्र बास्तोला, दीपक चलाउने, रूपा बुढा, आहूति, राजेश्वरी सुवेदी, रूपा सुनार, महेन्द्र मल्ल, दिनेश बर्तौला, इन्दिरा अधिकारी, ऋषि कटेल, खेमनारायण दुङ्गाना, शशी घिमिरे, समरजंग र समीर सिंह सदस्य रहेका छन्।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...