रूपन्देही अन्तरक्रिया : संसदीय चुनाव बहिष्कार अपरिहार्य भएको निष्कर्ष

रूपन्देही । फागुण २१ गते हुन भनिएको संसदीय निर्वाचनको सन्दर्भमा संयुक्त संघर्ष समिति रूपन्देहीद्वारा आयोजना गरिएको विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी सदस्य सन्तबहादुर नेपालीले यथास्थितिको संसदीय निर्वाचन जनताको पक्षमा नरहेको बताएका छन् ।

नेपालीले वर्तमान संसदीय व्यवस्था दलाल पुँजीवाद र नोकरशाही शक्तिको नियन्त्रणमा रहेको आरोप लगाउँदै यस्तो संरचनाभित्र गरिने निर्वाचनले श्रमिक, किसान र उत्पीडित वर्गका समस्या समाधान गर्न नसक्ने स्पष्ट पारे । उनले स्वाधीन संयुक्त सरकार र नयाँ जनमुखी संविधान सुनिश्चित नगरी हुने कुनै पनि चुनाव औचित्यहीन हुने धारणा राखे ।

कार्यक्रमको अध्यक्षता संयुक्त संघर्ष समिति रूपन्देहीका संयोजक लक्ष्मीकान्ता पौडेलले गरेका थिए भने सञ्चालन बाबुराम आचार्यले गरेका थिए । स्वागत मन्तव्य नेकपा (बहुमत) रूपन्देही पार्टी इन्चार्ज मणिले राखेका थिए ।

अन्तरक्रियामा नेकपा (बहुमत) का केन्द्रीय सदस्य रेखा, वैज्ञानिक समाजवादी पार्टीका शशी विश्वकर्मा, समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य, नागरिक समाजका बुद्धिजीवी विनबहादुर कुँवर तथा कानुनविद् तथा वरिष्ठ अधिवक्ता पदम कार्की लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...