संसदीय चुनाव बहिष्कारको औचित्यमाथि घोराहीमा अन्तरक्रिया, स्वाधीन संयुक्त सरकार गठनको माग

दाङ । फागुण २१ गते हुने संसदीय निर्वाचन बहिष्कारको आह्वान गर्दै संसदीय चुनाव बहिष्कार संघर्ष समिति दाङले आज घोराहीमा ‘स्वाधीन संयुक्त सरकार र नयाँ संविधानका लागि आगामी संसदीय निर्वाचनको औचित्य, बहिष्कार तथा खारेजीको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सचिवालय सदस्य गम्भीर ले वर्तमान नोकरशाही संसदीय व्यवस्था नेपाली जनताको हितमा नरहेको बताउँदै यसलाई सशक्त रूपमा बहिष्कार गर्नुपर्ने धारणा राखे । उनले पटक–पटक संसदीय निर्वाचन भए पनि नेपाली जनताले सुशासन, रोजगारी, निःशुल्क शिक्षा र न्याय नपाएको प्रश्न उठाए ।

“भ्रष्टाचार दिनानुदिन बढ्दो छ, महँगी नियन्त्रण बाहिर छ, युवा शक्ति विदेश पलायन भइरहेका छन्, नागरिकता त्याग्नेको संख्या बढ्दो छ,” उनले भने, “दलाल, बिचौलिया, मिटरव्याजी, सहकारी ठग र शैक्षिक माफियाहरू नै उम्मेदवार बन्ने व्यवस्थाबाट श्रमिक र उत्पीडित जनताले कसरी न्याय पाउँछन् ?” उनले धेरैपटक जनताले भोट दिए पनि देशले निकास नपाएको भन्दै अहिलेको संसदीय चुनाव आवश्यक नभई बहिष्कार गर्नैपर्ने अवस्था आएको बताए । स्वाधीन संयुक्त सरकार गठन गर्दै वर्तमान संविधान खारेज गर्नुपर्ने संयुक्त संघर्ष समितिको माग रहेको उनको भनाइ थियो ।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि विश्व आचार्य ले भने अहिलेको अवस्थामा चुनाव बहिष्कार आवश्यक नरहेको धारणा राखे । उनले आन्दोलनमा सँगै हिँडेकाहरू बाटो बिराएको टिप्पणी गर्दै चुनावलाई उपयोग गर्दै सत्तालाई प्रयोग गरेर जनसत्ता स्थापना गर्नुपर्ने बताए । बहिष्कारबाट देशले निकास नपाउने र कम्युनिस्टहरू फुट होइन, एकताबद्ध हुनुपर्ने उनको जोड थियो ।

वामपन्थी विश्लेषक तथा प्रतिरोध जनसंघर्ष समितिका संयोजक प्रमोद धिताल ले कम्युनिस्टहरूमा विषयको गहिराइमा नपुगी केवल बाह्य हस्तक्षेप मात्र देख्ने प्रवृत्ति बढेको बताए । आन्तरिक कमजोरी नदेखी बाह्य षड्यन्त्र मात्र देख्ने प्रवृत्ति समस्याको कारण भएको उनको भनाइ थियो । हालको परिस्थितिमा पार्टीगत धारणा भन्दा समग्र रूपमा हेर्दा चुनाव उपयोग गर्नु उपयुक्त हुने उनले बताए ।

कार्यक्रमको अध्यक्षता संयुक्त संघर्ष समितिका दाङका संयोजक हुकुम खड्का ले गरेका थिए भने सहजीकरण प्रज्वल सापकोटा ले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि नेकपा (बहुमत) का सचिवालय सदस्य गम्भीर, अतिथिहरूमा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधि विश्व आचार्य र वामपन्थी विश्लेषक प्रमोद धिताल सहभागी थिए ।

संसदीय चुनावले देशलाई निकास नदिने र झनै संकटतर्फ धकेल्ने निष्कर्षसहित ६ कम्युनिस्ट पार्टीहरू ले आगामी फागुण २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्दै स्वाधीन संयुक्त सरकार गठनको मागसहित संयुक्त रूपमा विभिन्न चरणका संघर्ष कार्यक्रम अघि बढाइरहेका छन् ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...