दर्शकको मागपछि घोराही मेलामा आजदेखि ‘जलपरी’ प्रदर्शन सुरु, गायक रामजी खाँडको प्रस्तुति रहने

दाङ । घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को आठौँ दिन अर्थात् आजदेखि दर्शकको अत्यधिक मागका कारण ‘जलपरी’ प्रदर्शन सुरु गरिने भएको छ ।

आयोजक संस्था नेपाल मगर सङ्घ घोराही नगर समितिका अध्यक्ष बेदबहादुर बुढामगरले मेलाको सुरुवातदेखि नै दर्शकहरूले निरन्तर रूपमा जलपरी प्रदर्शनको माग गर्दै आएको जानकारी दिँदै आजदेखि औपचारिक रूपमा प्रदर्शन सुरु गर्ने निर्णय गरिएको बताए । उनले भने, “दर्शकको चाहना र उत्साहलाई सम्मान गर्दै आठौँ दिनदेखि जलपरी प्रदर्शन समावेश गरिएको हो । यसले मेलाको आकर्षण अझ बढाउने अपेक्षा गरेका छौँ।”

पर्यटन, संस्कृति र मनोरञ्जनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘माघे मेला–२०८२’ मा हरेक दिन नयाँ–नयाँ कार्यक्रम थपिँदै आएका छन् । जलपरी प्रदर्शन थपिएसँगै मेलामा दर्शकको चाप अझ बढ्ने आयोजकको विश्वास छ ।

मगर समुदायसहित विभिन्न जातजातिको भेषभूषा, कला, संस्कार, संस्कृति तथा परम्परागत खानाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल मगर सङ्घ घोराही नगर समितिको आयोजनामा मेला सञ्चालन भइरहेको हो । मेला पौष २५ गतेदेखि घोराही–२४, ट्राफिक चोकमा सुरु भएको हो भने माघ १० गतेसम्म चल्नेछ ।

आज माघ २ गते दर्शकलाई थप मनोरञ्जन दिन चर्चित गायक रामजी खाँड, गायक राज कुस्मी, गायिका एन्जिला रेग्मी, माधव जोन खत्री, सोनी डान्स ग्रुपसहित उद्घोषक दिपक बर्मालगायत कलाकारहरूले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी अन्य आकर्षणका रूपमा डान्सर शिला खाँड ठकुरी, तिर्सना मगर, गंगा बोहरा तथा गायिका–उद्घोषक सपना रोकालगायतका कलाकारहरूको पनि प्रस्तुति रहने सांस्कृतिक संयोजक गोपाल बुढा मगरले जानकारी दिए ।

मेलामा आइफेल टावर, जलपरी र लण्डन ब्रिज अवलोकन तथा फोटो खिच्न सकिने विशेष व्यवस्था समेत गरिएको छ, जसले दर्शकको आकर्षण अझ बढाएको छ ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...