Day: December 10, 2025

घोराहीमा चौथो प्याव्सन रनिङ शिल्ड–२०८२ सुरु

घोराहीमा चौथो प्याव्सन रनिङ शिल्ड–२०८२ सुरु

खेलकुद, समाचार
दाङ – दाङको घोराहीमा “चौथो प्याव्सन घोराही रनिङ शिल्ड–२०८२” आजदेखि सुरु भएको छ। प्याव्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षतामा तथा प्याव्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भयो। उद्घाटनअघि ५८ विद्यालयका विद्यार्थीहरूको ¥याली तुलसीपुर चोकदेखि नवलपुर खेलमैदानसम्म निकालियो। प्रमुख अतिथि पाण्डेले संस्थागत विद्यालयप्रतिको सरकारी बेवास्ताप्रति गुनासो गर्दै खेलकुदले विद्यार्थीको अनुशासन, समूहकार्य र समग्र विकासमा योगदान पुर्‍याउने बताए। मंसिर २७ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भलिबल...
ओलीले छानबिन आयोगमा बयान दिनुपर्छ : ईश्वर पोखरेल

ओलीले छानबिन आयोगमा बयान दिनुपर्छ : ईश्वर पोखरेल

राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिनका लागि बनेको आयोगमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपस्थित भएर बयान दिनु उचित हुने बताएका छन्। ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै आयोग प्रति केही शंका रहे पनि बोलाइएपछि बयान दिनु स्वाभाविक दायित्व भएको बताए। उनका शब्दमा, ‘सरकारले गठन गरेको आयोगबारे हाम्रो केही असहमति हुन सक्छ, तर बोलाएको छ भने बयान दिनु नै पर्छ। म भएको भए अझै चाँडै नै पुगेको हुन्थें जस्तो लाग्छ। अवज्ञा गर्नु उपयुक्त हुँदैन।’ यस्तै, उनले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको भूमिकामाथि प्रश्न उठाउँदै आयोग निष्पक्ष बन्ने कि नबन्ने भन्नेबारे आशंका रहेको पनि बताए।...
सिस्ने–सुस्ता अभियानअन्तर्गत बिजयनगरमा नेकपा (बहुमत) ५ नम्बर ब्यूरोको जनभेटघाट तथा संगठनात्मक कार्यक्रम सम्पन्न

सिस्ने–सुस्ता अभियानअन्तर्गत बिजयनगरमा नेकपा (बहुमत) ५ नम्बर ब्यूरोको जनभेटघाट तथा संगठनात्मक कार्यक्रम सम्पन्न

राजनीति, समाचार
कपिलवस्तु, — जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत सिस्ने–सुस्ता अभियानको सन्दर्भमा नेकपा (बहुमत) ५ नम्बर ब्यूरोले कपिलवस्तुको विजयनगर गाउँपालिकामा आज जनभेटघाट तथा संगठन बिस्तार अभियान सम्पन्न गरेको छ। कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ५ नम्बर ब्यूरो इन्चार्ज जित(सचिवालय सदस्य तिलक लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो। स्थानीय तहमा जनसंगठनलाई सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको आयोजकले बताएको छ। ५ नम्बर व्यूरो इन्चार्ज जितले जनताबीच गएर वर्तमान राजनीतिक परिस्थिति, जनसंविधानको आवश्यकता तथा जनसंघर्ष अभियानका उद्देश्यबारे जानकारी दिने र पार्टीलाई आधारभूत तहसम्म विस्तार गर्दै संगठन सुदृढीकरणमा जोड दिइने बताए। साथै जनसंघर्ष अभियान जनताको अधिकार र जनसंबिधानको पक्षमा सञ्चालन गरिएको बताउँदै पार्टी संगठनलाई गाउँ–गाउँमा अझ सशक्त बनाउन क...
फागुन २१ को चुनाव नेकपा (बहुमत)ले बहिष्कार गर्ने

फागुन २१ को चुनाव नेकपा (बहुमत)ले बहिष्कार गर्ने

मुख्य समाचार, राजनीति, समाचार
महोत्तरी - पाल कम्युनिस्ट पार्टी (बहुमत) २ नम्बर ब्युरोको चौथो पूर्ण बैठक बर्दिबासमा सम्पन्न भएको छ। सचिवालय सदस्य तथा ब्युरो इन्चार्ज शार्दुलको अध्यक्षतामा बसेको बैठकमा सचिवालय सदस्य आजादले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै फागुन २१ को निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरे। शार्दुलले संसदीय चुनावले समस्या समाधान नदिने भन्दै वर्तमान संविधान खारेजी, नयाँ संविधान निर्माण र स्वाधीन संयुक्त सरकार गठन नै विकल्प भएको टिप्पणी गरे। बैठकले ‘जनसंविधानका लागि जनसंघर्ष’ नारासहित तीन महिनाको जन–सेवामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै देशभर बढिरहेको मिटरब्याजी र वित्तीय शोषणविरुद्ध आन्दोलन चर्काउने पनि बैठकले घोषणा गरेको जनाइएको छ।...
रुकुम पश्चिममा प्रचण्ड-जनार्दन विवाजनकाे असर ः द्वन्द्वपीडितका लागि आएको ७५ लाख माओवादी कार्यकर्ताले वाँडेर खाएकाे आरोप

रुकुम पश्चिममा प्रचण्ड-जनार्दन विवाजनकाे असर ः द्वन्द्वपीडितका लागि आएको ७५ लाख माओवादी कार्यकर्ताले वाँडेर खाएकाे आरोप

समाचार
रुकुम पश्चिम — आठबिसकोट नगरपालिकामा जनयुद्धका घाइते तथा अपांग द्वन्द्वपीडितका लागि आएको राहत रकम पारदर्शी रूपमा वितरण नभएको गुनासो सार्वजनिक भएको छ। सामाजिक सञ्जालमा पालिकाकी उपमेयर धनकुमारी शाहीका अनुसार साविक माओवादी केन्द्रसँग सम्बन्धित कार्यकर्ताले ७५ लाख रुपैयाँ मनपरी ढंगले बाँडफाँड गरि खाएकाे उल्लेख गरेकी छन् । नगरपालिकाकी उपप्रमुख धनकुमारी शाहीले समाजिक सञ्जालमा पोस्ट गर्दै पीडितका नाममा आएको रकम वास्तविक लाभग्राहीले नपाएर कार्यकर्ता र बिचौलियामै सीमित भएको दाबी गरेकी छन्। उनका अनुसार धेरै द्वन्द्वपीडितले न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नहुने र छानबिनको माग उठाउँदा उल्टै दबाब र धम्की सामना गर्नुपरेकाे बताएकी छिन् । शाहीले केही कार्यकर्ताले ३० लाख रुपैयाँसम्म लिएर पनि पीडितलाई राहत नदिएको आरोपसमेत लगाएकी छन्। “पीडितका पक्षमा बोल्दा कोही सुन्दैन। नरोजगारी छ, नउचित व्य...
भ्रष्टाचारविरुद्ध युवाले अग्रसर हुनुपर्छ : विज्ञान

भ्रष्टाचारविरुद्ध युवाले अग्रसर हुनुपर्छ : विज्ञान

Uncategorized
कञ्चनपुर - कञ्चनपुरमा बसेको अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक बसेकाे छ। बैठकमा नेकपा (बहुमत)का केन्द्रीय सदस्य तथा ७ नं. ब्युरो कार्यालय सचिव विज्ञान बैठककाे प्रमुख अतिथि बसेकाे थियाे । उनले पछिल्ला दिनमा देशभर तीव्र बन्दै गएको भ्रष्टाचार र आर्थिक शोषणविरुद्ध सुरु गरिएको जनअभियानलाई युवा पुस्ताले नै दिशानिर्देशन गर्नुपर्ने समय आइसकेको बताए। पार्टीले बैशाखमा गर्दै गरेको राष्ट्रिय सम्मेलनका तयारीका लागि विद्यार्थीहरू अध्ययन, बहस र अनुसन्धानमा जुटनुपर्ने उनको बताए । विशेष अतिथि गोबिन्द बिष्टले संगठनले अघि सारेको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको अभियानलाई व्यवहारिक रूपमा पूरा गर्न पुराना निर्णयहरूलाई दृढतापूर्वक अगाडि बढाउन सबैलाई आह्वान गरे। बैठकले विद्यार्थी हितसँग प्रत्यक्ष सम्बन्ध भएका केही महत्वपूर्ण एजेन्डा पनि तय गर्‍यो—जस्तै छात्रवृत्ति व्यवस्थालाई पारदर्शी बनाउने, स...