दाङ – दाङको घोराहीमा “चौथो प्याव्सन घोराही रनिङ शिल्ड–२०८२” आजदेखि सुरु भएको छ। प्याव्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीको अध्यक्षतामा तथा प्याव्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डेको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भयो।
उद्घाटनअघि ५८ विद्यालयका विद्यार्थीहरूको ¥याली तुलसीपुर चोकदेखि नवलपुर खेलमैदानसम्म निकालियो।
प्रमुख अतिथि पाण्डेले संस्थागत विद्यालयप्रतिको सरकारी बेवास्ताप्रति गुनासो गर्दै खेलकुदले विद्यार्थीको अनुशासन, समूहकार्य र समग्र विकासमा योगदान पुर्याउने बताए।
मंसिर २७ गतेसम्म चल्ने प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीले भलिबल