भ्रष्टाचारविरुद्ध युवाले अग्रसर हुनुपर्छ : विज्ञान

कञ्चनपुर – कञ्चनपुरमा बसेको अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेशको बैठक बसेकाे छ। बैठकमा नेकपा (बहुमत)का केन्द्रीय सदस्य तथा ७ नं. ब्युरो कार्यालय सचिव विज्ञान बैठककाे प्रमुख अतिथि बसेकाे थियाे । उनले पछिल्ला दिनमा देशभर तीव्र बन्दै गएको भ्रष्टाचार र आर्थिक शोषणविरुद्ध सुरु गरिएको जनअभियानलाई युवा पुस्ताले नै दिशानिर्देशन गर्नुपर्ने समय आइसकेको बताए। पार्टीले बैशाखमा गर्दै गरेको राष्ट्रिय सम्मेलनका तयारीका लागि विद्यार्थीहरू अध्ययन, बहस र अनुसन्धानमा जुटनुपर्ने उनको बताए ।

विशेष अतिथि गोबिन्द बिष्टले संगठनले अघि सारेको वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको अभियानलाई व्यवहारिक रूपमा पूरा गर्न पुराना निर्णयहरूलाई दृढतापूर्वक अगाडि बढाउन सबैलाई आह्वान गरे। बैठकले विद्यार्थी हितसँग प्रत्यक्ष सम्बन्ध भएका केही महत्वपूर्ण एजेन्डा पनि तय गर्‍यो—जस्तै छात्रवृत्ति व्यवस्थालाई पारदर्शी बनाउने, सरकारी विद्यालयहरूले अनुदान रकमको दुरुपयोग नगरोस् भनेर दबाब बनाउने, र सार्वजनिक यातायातमा विद्यार्थी छुट सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने।

बैठकले यसै क्रममा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा क्याम्पसहरूमा नयाँ नेतृत्व पनि चयन गर्‍यो। कञ्चनपुरदेखि कैलाली, बैतडी, अछाम, डोटी, बझाङ र बाजुरासम्मका जिल्लामा नयाँ संयोजक तोकियो भने कञ्चनपुर र कैलालीका क्याम्पसहरूमा पनि नयाँ इन्चार्ज र संयोजकहरू जिम्मेवारीमा आए।

सुदूरपश्चिम प्रदेश संयोजक बिनोद जप्रेलको अध्यक्षतामा बसेको बैठकमा गण्डकी प्रदेश संयोजक राजन साउद, छात्रा विभाग प्रमुख लक्ष्मी शाह लगायत सचिवालय सदस्यहरूको उपस्थिति थियो। बैठकको प्रारम्भमा सवारी दुर्घटनामा निधन भएका डडेलधुरा जिल्ला संयोजक भैरव रावतप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...