कपिलवस्तु, — जनसंविधानका लागि जनसंघर्ष अभियानअन्तर्गत सिस्ने–सुस्ता अभियानको सन्दर्भमा नेकपा (बहुमत) ५ नम्बर ब्यूरोले कपिलवस्तुको विजयनगर गाउँपालिकामा आज जनभेटघाट तथा संगठन बिस्तार अभियान सम्पन्न गरेको छ।
कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा ५ नम्बर ब्यूरो इन्चार्ज जित(सचिवालय सदस्य तिलक लगायतका नेताहरूको विशेष उपस्थिति रहेको थियो। स्थानीय तहमा जनसंगठनलाई सुदृढ बनाउँदै जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको आयोजकले बताएको छ।
५ नम्बर व्यूरो इन्चार्ज जितले जनताबीच गएर वर्तमान राजनीतिक परिस्थिति, जनसंविधानको आवश्यकता तथा जनसंघर्ष अभियानका उद्देश्यबारे जानकारी दिने र पार्टीलाई आधारभूत तहसम्म विस्तार गर्दै संगठन सुदृढीकरणमा जोड दिइने बताए। साथै जनसंघर्ष अभियान जनताको अधिकार र जनसंबिधानको पक्षमा सञ्चालन गरिएको बताउँदै पार्टी संगठनलाई गाउँ–गाउँमा अझ सशक्त बनाउन कार्यकर्ताहरूको भूमिकालाई महत्वपूर्ण रहेकाे बताएका थिए ।