महोत्तरी – पाल कम्युनिस्ट पार्टी (बहुमत) २ नम्बर ब्युरोको चौथो पूर्ण बैठक बर्दिबासमा सम्पन्न भएको छ। सचिवालय सदस्य तथा ब्युरो इन्चार्ज शार्दुलको अध्यक्षतामा बसेको बैठकमा सचिवालय सदस्य आजादले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै फागुन २१ को निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्नुपर्ने निष्कर्ष प्रस्तुत गरे।
शार्दुलले संसदीय चुनावले समस्या समाधान नदिने भन्दै वर्तमान संविधान खारेजी, नयाँ संविधान निर्माण र स्वाधीन संयुक्त सरकार गठन नै विकल्प भएको टिप्पणी गरे।
बैठकले ‘जनसंविधानका लागि जनसंघर्ष’ नारासहित तीन महिनाको जन–सेवामूलक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। साथै देशभर बढिरहेको मिटरब्याजी र वित्तीय शोषणविरुद्ध आन्दोलन चर्काउने पनि बैठकले घोषणा गरेको जनाइएको छ।