Day: September 26, 2025

कसरी हेर्ने नेपाल र वेस्टइण्डिजको म्याच

कसरी हेर्ने नेपाल र वेस्टइण्डिजको म्याच

खेलकुद
वेष्टइन्डिज र नेपालबीच ऐतिहासिक ३ खेलको टी-२० सिरिज हुन गइरहेको छ। यो सिरिजको सुरुवात सेप्टेम्बर २७ बाट हुने भएको छ। दुवै टोलीहरूले आफ्नो टोलीको घोषणा गरिसकेका छन्। अब हेरौँ यो सिरिज भारत र नेपालमा कसरी हेर्न सकिन्छ? दुवै टोली यो सिरिजका लागि निकै उत्साहित छन्। West Indies vs Nepal: इतिहासमा पहिलो पटक वेष्टइन्डिज क्रिकेट टोली र नेपाल क्रिकेट टोलीबीच टी-२० सिरिज खेलिँदैछ। ३ खेलको यो टी-२० सिरिजको पहिलो खेल सेप्टेम्बर २७ मा हुनेछ भने दोस्रो खेल सेप्टेम्बर २९ मा र अन्तिम खेल सेप्टेम्बर ३० मा खेलिनेछ। यी सबै खेल शारजाह क्रिकेट मैदानमा हुनेछन्। कब-कहाँ र कसरी हेर्न सकिन्छ सबै खेल? नेपाल र वेष्टइन्डिजबीचका सबै ३ खेल शारजाहको समयअनुसार बेलुकी ७ बजेबाट सुरु हुनेछन्। खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स च्यानलमार्फत हेर्न सकिनेछ।...
माओवादी केन्द्र  बैठक सम्पन्न  : महाधिवेशन मंसिरमै, अनुशासन र पारदर्शितामा जोड

माओवादी केन्द्र बैठक सम्पन्न : महाधिवेशन मंसिरमै, अनुशासन र पारदर्शितामा जोड

प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो सातौं पूर्ण बैठक सम्पन्न गर्दै संगठनात्मक रूपान्तरणदेखि आन्तरिक सुधारका ठूला निर्णयहरु सार्वजनिक गरेको छ । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र पदाधिकारीलाई सो समितिको सचिवालयमा परिणत गर्ने निर्णय गरेको छ । पार्टीको महाधिवेशन मंसिर महिनामै गर्ने निष्कर्षमा बैठक पुगेको छ । बैठकमा प्रचण्डले आफूमाथि समेत लागेको नातावाद (नेपोटिज्म) को आलोचना स्वीकार गर्दै बैठकले सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने र पारिवारिक सदस्यहरूको भूमिकाबारे स्पष्ट कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेको छ । त्यस्तै, संस्कार, कार्यशैली र अनुशासनसम्बन्धी नयाँ नीति ल्याउने तयारी पनि बैठकको निष्कर्षमा समेटिएको छ । पार्टी कमिटीहरूमा अधिकतम सहभागिता सुनिश्चित गर्ने, युवालाई प्राथमिकता...
सेवानिवृत्त पदाधिकारीको अतिरिक्त सुविधा खोस्ने सरकारको निर्णय

सेवानिवृत्त पदाधिकारीको अतिरिक्त सुविधा खोस्ने सरकारको निर्णय

राजनीति, समाचार
काठमाडौं । सरकारले सेवानिवृत्त राजनीतिक र प्रशासनिक पदाधिकारीलाई दिँदै आएका अतिरिक्त सेवा–सुविधा कटौती गर्ने भएको छ। अर्थ मन्त्रालयले गृह र रक्षा मन्त्रालयलाई पत्राचार गर्दै प्रचलित कानुनले व्यवस्था नगरेका सवारी साधन, जिन्सी सामान, सहयोगी तथा सुरक्षाकर्मी जस्ता सुविधा फिर्ता गर्न निर्देशन दिएको हो। यसअघि असोज ५ गते बसेको मन्त्रिपरिषद बैठकले अनुत्पादक क्षेत्रमा भइरहेको खर्च रोक्ने निर्णय गरेको थियो। खर्च कटौतीमार्फत करिब १ खर्ब २० अर्ब रुपैयाँ बचत हुने अनुमान छ, जसलाई निर्वाचन, पुनर्निर्माण र जेन–जी आन्दोलनपछिको राहतमा प्रयोग गरिने बताइएको छ।...
शुभमन गील आउट

शुभमन गील आउट

खेलकुद
एशिया कप 2025 को सुपर फोरको अन्तिम खेल भारत र श्रीलंका बीच भइरहेको छ। दुबै टिमबीचको यो खेल दुबई इन्टरनेशनल स्टेडियममा भइरहेको हो। श्रीलंका का कप्तान चरित असालंकाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्। भारतको टिम पहिले ब्याटिङ गरिरहेको छ। भारतलाई पहिलो झटका लागेको छ। महीश थीक्षानाको बलमा शुभमन गिल ४ रनमा आउट भएका छन्।...
प्रचण्डको घोषणा : सम्पत्ति छानबिन आयोग गठन गरी नेताको सम्पत्ति सार्वजनिक गरिने

प्रचण्डको घोषणा : सम्पत्ति छानबिन आयोग गठन गरी नेताको सम्पत्ति सार्वजनिक गरिने

प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राजनीतिको आधार पारदर्शिता र जनविश्वास हुने बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सम्पत्ति छानबिन आयोग गठन गरी सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरे। उनले पुरानै शैलीमा नेतृत्व सञ्चालन असम्भव भएको उल्लेख गर्दै व्यक्तिगत जीवनशैलीदेखि संगठनात्मक अभ्याससम्म जनमुखी बनाउनुपर्नेमा जोड दिए। नेताहरूको खानपान, लवाइ–खवाइ र जनसम्बन्धलाई सरल र पारदर्शी बनाउन लिखित सुझावसमेत पेस गर्न निर्देशन दिँदै प्रचण्डले नयाँ कार्यशैलीमार्फत मात्र जनताको विश्वास पुनः आर्जन गर्न सकिने बताए।...
जागिरको सुवर्ण अवसर , झण्डै १६०० जनाले अवसर पाउने

जागिरको सुवर्ण अवसर , झण्डै १६०० जनाले अवसर पाउने

Uncategorized
दाङ नेपाल प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी जवानतर्फ एक हजार पाँच सय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा सहित १५ सय ९४ जना प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।सबै पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।योग्य र इच्छुक नेपाली नागरिकले यही असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्। १२. विज्ञापन सम्बन्धी विशेष सूचना :- सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँ समेत विपक्षी रहेको रिट नम्बर ०७८-WO-०६६२ समेतका उत्प्रेषणका निवेदनहरूमा मिति २०७९/१०/२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुन आउने कूल पदहरू मध्ये समावेशी समूहमा पर्ने पदको ...
मुसिकोट नगरपालिकाले अस्थायी तथा करार सेवा सम्झौता रद्द

मुसिकोट नगरपालिकाले अस्थायी तथा करार सेवा सम्झौता रद्द

पालिका, मुख्य समाचार, समाचार
रुकुम पश्चिम असोज १० – रूकुम पश्चिमको मुसिकोट नगरपालिकाले आफ्नो स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्ति र करारमा कार्यरत कर्मचारीहरुको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य सेवामा अस्थायी वा करारमा कार्यरत कर्मचारीहरुको नियुक्ति र सम्झौता मिति २०८२ असोज ११ गतेदेखि लागू हुने गरी रद्द गरिएको जानकारी गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रका आधारमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले असोज ५ गते गरेको निर्णयअनुसार स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करार सेवामा कर्मचारी राख्न नपाइने भएपछि नगरपालिकाले यो निर्णय लिएको हो । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाशले हस्ताक्षर गरेको सूचनामा "यस निर्णय सम्बन्धित सबैलाई जानकारीका लागि सार्वजनिक गरिएको" उल्लेख गरिएको छ ।...
मुसिकोट नगरपालिकाले अस्थायी तथा करार सेवा सम्झौता रद्द

मुसिकोट नगरपालिकाले अस्थायी तथा करार सेवा सम्झौता रद्द

प्रमुख समाचार, समाचार
मुसिकोट नगरपालिकाले अस्थायी तथा करार सेवा सम्झौता रद्द रुकुम पश्चिम असोज १० – रूकुम पश्चिमको मुसिकोट नगरपालिकाले आफ्नो स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्ति र करारमा कार्यरत कर्मचारीहरुको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य सेवामा अस्थायी वा करारमा कार्यरत कर्मचारीहरुको नियुक्ति र सम्झौता मिति २०८२ असोज ११ गतेदेखि लागू हुने गरी रद्द गरिएको जानकारी गराएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रका आधारमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले असोज ५ गते गरेको निर्णयअनुसार स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करार सेवामा कर्मचारी राख्न नपाइने भएपछि नगरपालिकाले यो निर्णय लिएको हो । मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाशले हस्ताक्षर गरेको सूचनामा "यस निर्णय सम्बन्धित सबैला...
अर्थ मन्त्रालयले गर्‍यो पुर्व पदाधिकारीको सेवा कटौती

अर्थ मन्त्रालयले गर्‍यो पुर्व पदाधिकारीको सेवा कटौती

अर्थ
दाङप, अर्थ मन्त्रालयले पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीको सेवासुविधा कटौती गर्न गृह र रक्षा मन्त्रालयलाई पत्र पठाएको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न अर्थ मन्त्रालयले शुक्रबार (असोज १०) गृह र रक्षा मन्त्रालयलाई पत्राचार गरेको हो । मन्त्रिपरिषद्को आइतबार (असोज ५)को निर्णयअनुसार अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्न पत्र लेखिएको मन्त्रालयले जनकारी दिएको छ । “पूर्वराजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानुनमा उल्लेख भएका र स्वीकृत मापदण्डबमोजिमका सेवा सुविधा मात्र प्रदान गर्नु/गराउनु हुन र कानुनबमोजिमबाहेक उपलब्ध गराइएका भए त्यस्ता सवारीसाधन, जिन्सी सामान, सहयोगी, सुरक्षाकर्मी फिर्ता गर्ने र अन्य सेवा सुविधा स्थगन गर्ने कार्य शीघ्र कार्यान्वयन गर्न/गराउनका लागि अर्थ मन्त्रालयबाट मिति २०८२/०६/१० मा गृह मन्त्रालय तथा रक्षा मन्त्रालयलाई पत्राचार गरि...
माओवादी केन्द्रमा प्रचण्डको प्रस्तावमाथि आन्तरिक मतभेद

माओवादी केन्द्रमा प्रचण्डको प्रस्तावमाथि आन्तरिक मतभेद

मुख्य समाचार, समाचार
काठमाडौं असोज १० । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावलाई लिएर शीर्ष नेताहरूबीच मतभेद देखिएको छ । प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गरी पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि सारेका थिए । तर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले उक्त प्रस्तावप्रति असहमति प्रकट गरेका छन् । श्रेष्ठले मंसिरमै महाधिवेशन सम्भव नभएको भन्दै निर्वाचन सम्पन्न भएपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखे । उनले अहिलेको प्राथमिकता आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सफल बनाउनुपर्ने बताएका छन् । त्यस्तै, उपमहासचिव शर्माले सबै पदाधिकारीले राजीनामा दिई निर्देशक समितिको मार्गदर्शनमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वैकल्पिक प्रस्ताव पेश गरेका छन् । भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन...