मुसिकोट नगरपालिकाले अस्थायी तथा करार सेवा सम्झौता रद्द

मुसिकोट नगरपालिकाले अस्थायी तथा करार सेवा सम्झौता रद्द

रुकुम पश्चिम असोज १० – रूकुम पश्चिमको मुसिकोट नगरपालिकाले आफ्नो स्वीकृत दरबन्दीबाहेक अस्थायी नियुक्ति र करारमा कार्यरत कर्मचारीहरुको सम्झौता रद्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य सेवामा अस्थायी वा करारमा कार्यरत कर्मचारीहरुको नियुक्ति र सम्झौता मिति २०८२ असोज ११ गतेदेखि लागू हुने गरी रद्द गरिएको जानकारी गराएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको परिपत्रका आधारमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले असोज ५ गते गरेको निर्णयअनुसार स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करार सेवामा कर्मचारी राख्न नपाइने भएपछि नगरपालिकाले यो निर्णय लिएको हो ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाशले हस्ताक्षर गरेको सूचनामा “यस निर्णय सम्बन्धित सबैलाई जानकारीका लागि सार्वजनिक गरिएको” उल्लेख गरिएको छ ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...