माओवादी केन्द्रमा प्रचण्डको प्रस्तावमाथि आन्तरिक मतभेद

काठमाडौं असोज १० । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावलाई लिएर शीर्ष नेताहरूबीच मतभेद देखिएको छ ।

प्रचण्डले मंसिरमा विशेष महाधिवेशन गरी पदाधिकारी र केन्द्रीय समिति भंग गर्ने प्रस्ताव अघि सारेका थिए । तर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले उक्त प्रस्तावप्रति असहमति प्रकट गरेका छन् ।

श्रेष्ठले मंसिरमै महाधिवेशन सम्भव नभएको भन्दै निर्वाचन सम्पन्न भएपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखे । उनले अहिलेको प्राथमिकता आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचन सफल बनाउनुपर्ने बताएका छन् । त्यस्तै, उपमहासचिव शर्माले सबै पदाधिकारीले राजीनामा दिई निर्देशक समितिको मार्गदर्शनमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने वैकल्पिक प्रस्ताव पेश गरेका छन् ।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अन्तरिम सरकार गठन भएको र त्यसको सिफारिसमा प्रतिनिधि सभा विघटन भई चुनावको तयारी भइरहेको सन्दर्भमा माओवादी केन्द्रभित्रको आन्तरिक बहस अझ चर्किएको छ ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...