जागिरको सुवर्ण अवसर , झण्डै १६०० जनाले अवसर पाउने

दाङ नेपाल प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै जनपद प्रहरी जवानतर्फ एक हजार पाँच सय ५३, प्रहरी कार्यालय सहयोगी हजाम तर्फ ११, कुचीकारतर्फ १५ र खेलाडीतर्फ १५ पदहरूमा सहित १५ सय ९४ जना प्रहरीका लागि दरखास्त आह्वान गरेको हो।सबै पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।योग्य र इच्छुक नेपाली नागरिकले यही असोज १९ गतेदेखि आगामी कात्तिक २८ गतेसम्म निवेदन दिई प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन्।

१२. विज्ञापन सम्बन्धी विशेष सूचना :-

सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँ समेत विपक्षी रहेको रिट नम्बर ०७८-WO-०६६२ समेतका उत्प्रेषणका निवेदनहरूमा मिति २०७९/१०/२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुन आउने कूल पदहरू मध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट आ.व.२०७९/८० मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटि हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानूनमा व्यवस्था भए बमोजिम गर्ने गरी हाललाई प्रचलित कानून बमोजिम पदपूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरिएको छ।

पुनश्चः

१. आवेदकले कुनै एक दर्ता केन्द्रबाट मात्र दरखास्त फाराम दर्ता गर्नु पर्नेछ, दोहोरो दरखास्त दर्ता गरेको पाइएमा दरखास्त फाराम रद्द गरिनेछ ।

२. हरेक चरणको परीक्षा समाप्ती पश्चात् नतिजा प्रकाशन गरिनेछ र उत्तीर्ण उम्मेदवारहरूलाई मात्र अर्को चरणको परीक्षामा सम्मिलित गराइनेछ

३. परीक्षा सञ्चालन गर्दा खुला तथा समावेशी समूह तर्फको एउटै परीक्षा सञ्चालन गरीनेछ र निजहरूले प्राप्त गरेको अंकको आधारमा समावेशी तर्फका उम्मेदवारहरू बिच मात्र छुट्टा छुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गरिनेछ ।

४. दरखास्त पेस गर्दा सक्कल प्रमाणपत्रहरू साथमा लिई उम्मेदवार स्वयम् उपस्थित हुनु पर्नेछ।

५. प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १३ को उपनियम (५) बमोजिम पदपूर्ति समितिबाट विज्ञापन प्रकाशन भएपछि दरबन्दी थप वा खाली भई पद रिक्त भएमा लिखित परीक्षाको नतिजा प्रकाशन हुनु भन्दा अगाडि सो पदपूर्ति समितिले सार्वजनिक रूपमा सूचना प्रकाशन गरी सोही विज्ञापनमा सो संख्या समेत थप गर्न सक्नेछ।

६. तोकिएका सर्तहरू पुरा नभएका दरखास्त फाराम जुनसुकै समयमा रद्द गर्न सकिनेछ।

७. दरखास्त फाराम रद्द भएमा दरखास्त दस्तुर फिर्ता हुनेछैन ।

८. यस विज्ञापन सम्बन्धी सूचना तथा विभिन्न चरणमा लिइने परीक्षाहरूको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ र दरखास्त फाराम सोही वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातहरू संलग्न राखि तोकिएको कार्यालयमा पेस गर्न सकिने छ ।

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...