माओवादी केन्द्र बैठक सम्पन्न : महाधिवेशन मंसिरमै, अनुशासन र पारदर्शितामा जोड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो सातौं पूर्ण बैठक सम्पन्न गर्दै संगठनात्मक रूपान्तरणदेखि आन्तरिक सुधारका ठूला निर्णयहरु सार्वजनिक गरेको छ ।

बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने र पदाधिकारीलाई सो समितिको सचिवालयमा परिणत गर्ने निर्णय गरेको छ । पार्टीको महाधिवेशन मंसिर महिनामै गर्ने निष्कर्षमा बैठक पुगेको छ ।

बैठकमा प्रचण्डले आफूमाथि समेत लागेको नातावाद (नेपोटिज्म) को आलोचना स्वीकार गर्दै बैठकले सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने र पारिवारिक सदस्यहरूको भूमिकाबारे स्पष्ट कार्यविधि बनाएर अघि बढ्ने निर्णय गरेको छ । त्यस्तै, संस्कार, कार्यशैली र अनुशासनसम्बन्धी नयाँ नीति ल्याउने तयारी पनि बैठकको निष्कर्षमा समेटिएको छ ।

पार्टी कमिटीहरूमा अधिकतम सहभागिता सुनिश्चित गर्ने, युवालाई प्राथमिकतामा राख्ने र सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको मूल प्रस्ताव पारित गर्दै वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेका सुझावलाई निरन्तर छलफल गर्दै महाधिवेशनसम्म लैजाने सहमति बनेको छ । साथै, विचार मिल्ने अन्य राजनीतिक शक्तिसँग एकता गर्ने विषयलाई पनि बैठकले महत्व दिएको छ ।

छुटाउनुभयो कि ?

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले संघर्षका कार्यक्रम घोषणा गर्‍यो

दाङ । ग्रेटर नेपाल कम्युनिष्ट पार्टी दाङले भूमिहीन तथा सुकुम्बासीलाई पुर्जा, घर र रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग अघ...
२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

२०८७ मा हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउने लक्ष्य, श्रम संस्कृति पार्टीको संगठन विस्तारमा जोड

कोशी - श्रम संस्कृति पार्टीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संगठन विस्तार र जनआधार मजबुत बनाउने रणनीति अघि सारेको छ। पार्...
माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...