दाङ - दाङको तुलसीपुर–१२ जस्पुरमा गुरुकुल विद्यालयको इलेक्ट्रिक भ्यानको ठक्करबाट ५० वर्षीया रुन्ची चौधरी घाइते भएकी छन्। विद्यार्थीलाई घर पुर्याएर भ्यान पछाडि सार्ने क्रममा चौधरीलाई ठक्कर लागेको हो।
दुर्घटनामा हात, अनुहार र खुट्टामा चोट लागेकी चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
सुर्खेत । कर्णाली प्रदेशसभामा आफूले दर्ता गराएको गैरसरकारी विधेयक छलफलका लागि अघि नबढाइएको भन्दै पूर्वमुख्यमन्त्री एवं प्रदेशसभा सदस्य राजकुमार शर्माले सदनमै बसेर विरोध जनाएका छन्।
शर्माले गत साउन ११ गते‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’दर्ताका लागि निवेदन दिएका थिए। उक्त विधेयक साउन १२ गते दर्ता भए पनि प्रदेशसभामा टेबुल हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाउँदै आएका थिए।
मंगलबारको बैठकमा पनि विधेयक कार्यसूचीमा नआएपछि शर्मा आफ्नो सिटबाट उठेर सदनको भुइँमा बसेका थिए। सभामुख नन्दा गुरुङले पटक–पटक आफ्नो स्थानमा फर्किएर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे पनि उनले माग सम्बोधन नभएसम्म नउठ्ने अडान लिएपछि बैठक केही समयका लागि स्थगित गरिएको हो।
शर्माले आफूले अघि सारेको विधेयक पारित हुन्छ वा हुँदैन भन्ने निर्णय प्रदेशसभा सदस्यहरूले गर्ने भए पनि विधेयकलाई...
काठमाडौं । विपद्का बेला राजनीतिक मतभेद थाती राखेर उद्धार, राहत र पुनःस्थापनामा एकजुट हुनुपर्नेमा सर्वदलीय बैठकले जोड दिएको छ।
रास्वपाले आयोजना गरेको बैठकपछि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपद्को क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष नेपालको दाबी प्रस्तुत गर्नुपर्ने बताए। बैठकमा सुरुङमा फसेकाको उद्धार, राहत वितरण तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको उनले जानकारी दिए।
शाहीले संकटको समयमा सरकारलाई साथ दिँदै सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताए।...
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गर्दै संगठनलाई एकढिक्का बनाउने पहल थालेका छन्। उनले मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, सांसद तथा विभिन्न तहका नेताहरूसँग छलफल गरेका छन्।
छलफलमा कांग्रेसको वर्तमान राजनीतिक अवस्था, पार्टीभित्रको समस्या र आगामी रणनीतिका विषयमा कुराकानी भएको बताइएको छ। पार्टीलाई आगामी दिनमा थप बलियो बनाउन आन्तरिक एकता आवश्यक रहेको भन्दै कोइरालाले सामूहिक छलफल र परामर्शलाई प्राथमिकता दिएका छन्।
यसअघि पनि उनले डा. शशांक कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटेर पार्टीभित्रका समस्या समाधानबारे छलफल गरिसकेका छन्।...
सर्वप्रथम, २०८३ भदौ १० गते आएको विध्वंसकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछौँ। उक्त बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। साथै, सरकारलाई उद्धार, राहत तथा पुनःस्थापनाको कामलाई अझ तीव्र, प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन हार्दिक अनुरोध गर्दछौँ।
राष्ट्रिय विपत्तिको मारमा नेपाल
नेपाल २०७२ सालको विनाशकारी भूकम्पबाट भर्खरै उठ्दै थियो। संसारभर फैलिएको कोभिड–१९ महामारीले फेरि मुलुकलाई गम्भीर आर्थिक, सामाजिक र मानवीय संकटमा धकेल्यो। कोभिडको प्रभावबाट पूर्ण रूपमा तङ्ग्रिन नपाउँदै २०८० सालमा जाजरकोट–रुकुम केन्द्रबिन्दु भएको भूकम्पले अर्को ठूलो विपत्ति निम्त्यायो। त्यसको पुनर्निर्माण र पुनःस्थापना पूर्ण रूपमा सम्पन्न नहुँदै २०८३ भदौ १० गतेको प्राकृतिक विपत्तिले नेपाललाई प...
काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले बाढीबाट देश गम्भीर संकटमा परेका बेला सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएका छन्।
उनले विपद्को समयमा सरकार संवाद, समन्वय र सहकार्यमा प्रभावकारी देखिन नसकेको टिप्पणी गरेका छन्। प्रभावित नागरिकले सरकारी प्रयासबाट अपेक्षित राहत तथा परिणाम पाउन नसकेको उनको भनाइ छ।
सामाजिक सञ्जालमा राजनीतिक चर्चाभन्दा संकट समाधानमा ध्यान दिनुपर्ने उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र रवि लामिछानेप्रति संकेत गर्दै प्रश्न गरेका छन्—विपद्को एक साता बितिसक्दा पनि आफ्ना कमजोरीबाट पाठ सिकेको खोइ?
उनको यो टिप्पणी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनलाई लिएर सरकारमाथि आलोचना बढिरहेका बेला आएको हो।...
धरान । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय समिति बैठक आजदेखि धरानमा सुरु भएको छ। बैठकमा सुदन किराती समूहलाई भने सहभागी गराइएको छैन।
पार्टीभित्रको एकता प्रक्रियालाई बैठकले अनुमोदन गरेपछि मात्रै सुदन समूहलाई समेटेर भोलि बैठक बोलाउने तयारी रहेको जनाइएको छ।
यसैबीच सुदन किराती समूह आन्तरिक छलफलमा जुटेको छ। श्रम संस्कृति पार्टी र किराती समूहबीच केही समयदेखि सहकार्य तथा संगठनात्मक एकताको विषयमा छलफल हुँदै आएको छ। गत जेठमा किराती समूहका तीन पदाधिकारीसहित १८ नेताले श्रम संस्कृति पार्टीमा विभिन्न जिम्मेवारीसमेत पाएका थिए।...
काठमाडौं : विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मुक्ति गैरे र मनिषा खड्का बिच फरक किसिमले विवाह सम्पन्न भएको छ । उनिहरुले नत मन्दिर गएर जग्य हालेर सिन्दुर लगाए-लगनगाँठाे कसे, नत समाजमा चलिरहेको परम्परागत रुपमा भब्य विवाह समारोह नै गरे, नत जनवादी विवाह नै गरे । उनिहरुले एकैचोटि बिना सिन्दुर, बिना खाँदामाला, बिना भाेजभतेर, बिना चुरापाेते नै एकाक्सि आफ्नै सामाजिक संजाल फेसबुकबाट दुई जनाको संयुक्त तस्बिर सार्वजनिक गरि विवाह भएको जानकारी दिए ।
याे समाचार पंक्ति शीतकाे भेटघाट जिज्ञासामा : "तपाईं किन यस्तो गर्नु भयो ? तपाईं एक नेपालकाे कम्युनिस्ट अर्थात माओवादी आन्दाेलनमा सानैदेखि २०६१ सालदेखि लाग्नु भएको, निरन्तर अहिलेसम्म खटेकाे, जेलनेल भाेगेकाे र सरकारी लाभ र सार्वजनिक पद धारण नगरेको ईमानदार व्यक्ति हाे के तपाईंको पार्टीले जनवादी विवाहको प्रस्ताव राखेन् र ?
उनलेे भने : `म लागे, अ...
काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको सम्भावित अभाव रोक्न वैकल्पिक आपूर्ति व्यवस्था अघि बढाइएको छ।
नेपाल आयल निगमको अनुमतिपछि उपत्यकाका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्ने तयारी थालेका छन्।
राजधानीमा दैनिक खपत हुने ठूलो परिमाणको ग्यास आपूर्ति प्रभावित हुन नदिन बाहिरी जिल्लाका उद्योगबाट ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने व्यवस्था मिलाइएको व्यवसायीहरूले बताएका छन्।
कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति निरन्तर राख्ने तयारी गरिएको छ। व्यवसायीहरूले तत्काल ग्यास अभावको अवस्था नरहेको भन्दै उपभोक्तालाई आवश्यकता भन्दा बढी ग्यास सञ्चय नगर्न आग्रह गरेका छन्।...
दाङ । सरकारी सडक क्षेत्रमा काटिएका रुख र काठ व्यवस्थापनमा अनियमितता भएको आरोपमा दाङका स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी अधिकारीसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा अघि बढाएको छ।
आयोगले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, सडक डिभिजन कार्यालय दाङका तत्कालीन प्रमुख राम पुकार जयसवाल, डिभिजन वन कार्यालय दाङ (देउखुरी) का तत्कालीन वन अधिकृत राजु क्षेत्रीसहित ९ जनालाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारको अनुसन्धानअनुसार भालुवाङ–लमही सडक खण्डमा सडकको अधिकार क्षेत्रभित्र पर्ने ठूलो संख्यामा रुख काटिएको थियो। पाखापानी देखि लमहीसम्मको सडक क्षेत्रमा सिसौ, सिमलल गायत विभिन्न प्रजातिका २ हजार ७२४ वटा रुख कटान गरिएको आयोगले जनाएको छ।
कटान गरिएका रुखबाट करिब ४० हजार ५५५ घनफिट काठ उत्पादन भएको र त्यसको मूल्य ८१ लाख ३७ हज...