फरक ढंगबाट भयो प्रगतिशील युवाको विवाह

काठमाडौं : विद्यार्थी संगठन नेपालका केन्द्रीय अध्यक्ष मुक्ति गैरे र मनिषा खड्का बिच फरक किसिमले विवाह सम्पन्न भएको छ । उनिहरुले नत मन्दिर गएर जग्य हालेर सिन्दुर लगाए-लगनगाँठाे कसे, नत समाजमा चलिरहेको परम्परागत रुपमा भब्य विवाह समारोह नै गरे, नत जनवादी विवाह नै गरे । उनिहरुले एकैचोटि बिना सिन्दुर, बिना खाँदामाला, बिना भाेजभतेर, बिना चुरापाेते नै एकाक्सि आफ्नै सामाजिक संजाल फेसबुकबाट दुई जनाको संयुक्त तस्बिर सार्वजनिक गरि विवाह भएको जानकारी दिए ।

याे समाचार पंक्ति शीतकाे भेटघाट जिज्ञासामा : “तपाईं किन यस्तो गर्नु भयो ? तपाईं एक नेपालकाे कम्युनिस्ट अर्थात माओवादी आन्दाेलनमा सानैदेखि २०६१ सालदेखि लाग्नु भएको, निरन्तर अहिलेसम्म खटेकाे, जेलनेल भाेगेकाे र सरकारी लाभ र सार्वजनिक पद धारण नगरेको ईमानदार व्यक्ति हाे के तपाईंको पार्टीले जनवादी विवाहको प्रस्ताव राखेन् र ?

उनलेे भने : `म लागे, अहिलेसम्म लागि रहेको छु र निरन्तर लाग्ने छु । म वास्तविक प्रगतिशील विचारलाई व्यवहार उतार्न चाहान्छु । हिजो २०६१ सालमा सुरुवातमा भावनामा लागियाे । २०६७ सालपछि गहिरो अध्ययनकाे शुरुआत गरियो । अहिले न्युनतम आधारभुत विचारहरुलाई सश्लेषण गर्दै अगाडि बढी रहेका छाैं ।

आजकाे हाम्रो निष्कर्ष नेपालमा वर्तमान अवस्था सम्म पुग्दा वास्तविक कम्युनिस्ट पार्टी नै रहेन । हामीले यति सानै उमेरमा पाँच वटा विभाजन भाेगेउ झण्डै तीन दर्जन भन्दा बढी विभाजनहरु देखि सकेका छाैं ।यी विभाजनहरु कम्युनिस्ट मुल्य मान्यताहरु एकातिर काम अर्कोतिर भएको भाेगियाे र देखियो । प्रायः वर्तमान सम्म आई पुगेका कम्युनिस्ट पार्टी र नेताहरू कम्युनिस्ट वास्तविक मुल्य मान्यताहरुबाट स्खलित भएर पद, शक्ति र पैसाका लागि मरिहत्ते गरिरहेका छन् । उनिहरुले राजनीति जस्तो पवित्र शब्दलाई व्यापार गरिरहेका छन् । हाम्रो बुझाईमा राजनीति सेवा हाे । नेपालमा राजनीति सेवा भएन व्यापार भयो । त्यसकारण हामीले कसैलाई पनि प्रगतिशील, क्रान्तिकारी र कम्युनिस्ट देखिरहेका छैनाैं ।´

`माओले चिनमा बनाउनु भएको जनवादी विवाह ऐनमा खाँदामाला, भाेजभतेर, सिन्दुर अबिर जात्रा र उपहारलाई निषेध गर्दै प्रतिबद्धता सहितको कम्युनिस्ट पार्टीको तर्फबाट विवाह प्रमाणपत्र मात्रै दिने चलन थियो तर नेपाल अहिलेसम्म चलेका कम्युनिस्ट पार्टीका प्रगतिशील, कम्युनिस्ट र क्रान्तिकारी विवाहहरु खाँदामाला, उपहार, भाेजभतेर तामझाम, देखासिखिका आधारमा गरिएकाे छ । हुँदा हुँदा त्याे त जनयुद्धको लडाइँमा पनि लागु भयाे । हामीलाई भ्रम पार्ने काम भएको रहेछ । हामी आज वास्तविक माक्र्सवादी पुस्तकहरु भेटाउदा बिषयवस्तु एकातिर छ काम अर्कोतिर गर्दा रहे छन्

नेपालका प्रगतिशील, क्रान्तिकारी र कम्युनिस्टहरुले । त्यहीँ कारणले असफल भए, ढाेङ्गि भए र सिद्धिए । हामी त्यो ढाेङ्गबाट माथि उठ्न यस्तो गरेका हाैं । स्वयम् हामी पनि गैरप्रगतिशील रहेछौं भने पनि वर्तमान अवस्थालाई चुनाैति दिदै रुपान्तरणका साथ कठिन बाटो राेजेका छाैं । हाम्रो निष्कर्षमा वर्तमान अवस्था सम्म आई पुगेका पार्टी र नेताहरू काेही पनि प्रगतिशील, क्रान्तिकारी र कम्युनिस्ट नदेखेपछि कसलाई साँचि राख्ने त ? अब हामी हिडेकाे बाटो छाडेर परम्परागत विवाह तिर फर्किन भएन क्यारे, अहिलेलाई सबै ढाेङ्गहरुलाई त्यागेर औंपचारिकता र वैधता दिनका लागि सामाजिक संजाललाई प्रयोग गरेका हाैं ।´

छुटाउनुभयो कि ?

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङबाट दुई जनाको जीवित उद्धार, थप ३–४ जना सुरक्षित रहेको जानकारी

काठमाडौँ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएका मेकानिक...
फेरि जले सर्वोच्च अदालतका कागजात

फेरि जले सर्वोच्च अदालतका कागजात

काठमाडौं । सर्वोच्च अदालतमा फेरि आगलागी भएको छ। जेनजी आन्दोलनका क्रममा अदालतका विभिन्न भवनमा क्षति पुगेपछि अस्थायी रूपमा नयाँ ...
७ पालिकामा  सार्वजनिक  बिदा

७ पालिकामा सार्वजनिक बिदा

कञ्चनपुर । गौरा पर्वको अवसरमा कञ्चनपुरका सात स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन्। भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, ...
भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

भोटेकोसी बाढी : १,२२२ शव फेला, ४,८७५ अझै बेपत्ता

काठमाडौं । भोटेकोसी बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १ हजार २२२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुस...