जनक परियारको रिहाइको माग गर्दै जात व्यवस्था उन्मूलन मोर्चा को विज्ञप्ति
काठमाडौं – जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ का २७ वर्षीय जनक परियारलाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ।
मोर्चाकी संयोजक रुपा सुनारद्वारा हस्ताक्षरित विज्ञप्तिमा, जेठ १५ गते जनक परियारलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताको प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको भन्दै त्यसको घोर भर्त्सना गरिएको छ।
मोर्चाले यस घटनालाई नागरिकको मौलिक हकमाथिको हस्तक्षेप भन्दै परियारको सुरक्षाको ग्यारेन्टी सहित तत्काल रिहाइको माग गरेको छ। साथै, उनीमाथि कुनै प्रकारको राजनीतिक पूर्वाग्रह राखेर झुट्टा मुद्दा चलाएमा कडा संघर्ष गर्ने चेतावनी समेत दिइएको छ।
परियारले हिन्दु धर्म मान्ने उच्च जातिहरूले विभेद गरेको र मन्दिर भित्र अन्य जाति सहर मन्दिरमा पुजाआजा गर्ने अधिकार नदिईको विभेद गरिएको भन्दै मन्दिर जलाई दिने धारणा सार्वजनिक गरेका थिए । उनलाई सोही अभियो...



