जनक परियारको रिहाइको माग गर्दै जात व्यवस्था उन्मूलन मोर्चा को विज्ञप्ति

काठमाडौं – जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-१२ का २७ वर्षीय जनक परियारलाई विना शर्त तत्काल रिहा गर्न माग गरेको छ।

​मोर्चाकी संयोजक रुपा सुनारद्वारा हस्ताक्षरित विज्ञप्तिमा, जेठ १५ गते जनक परियारलाई विचार र अभिव्यक्तिको स्वतन्त्रताको प्रयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको भन्दै त्यसको घोर भर्त्सना गरिएको छ।

मोर्चाले यस घटनालाई नागरिकको मौलिक हकमाथिको हस्तक्षेप भन्दै परियारको सुरक्षाको ग्यारेन्टी सहित तत्काल रिहाइको माग गरेको छ। साथै, उनीमाथि कुनै प्रकारको राजनीतिक पूर्वाग्रह राखेर झुट्टा मुद्दा चलाएमा कडा संघर्ष गर्ने चेतावनी समेत दिइएको छ।

परियारले हिन्दु धर्म मान्ने उच्च जातिहरूले विभेद गरेको र मन्दिर भित्र अन्य जाति सहर मन्दिरमा पुजाआजा गर्ने अधिकार नदिईको विभेद गरिएको भन्दै मन्दिर जलाई दिने धारणा सार्वजनिक गरेका थिए । उनलाई सोही अभियोगमा प्रहरीले परियारलाई पक्राउ गरेको हो । तर उनले पक्राउ पर्नु भन्दा पहिले सार्वजनिकरूपमा माफि मागेका थिए ।

छुटाउनुभयो कि ?

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भ्रमणका लागि नयाँदिल...
आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

आठबिसकोट नगर अस्पतालमा ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना सञ्चालन हुने

रुकुम पश्चिम । आठबिसकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि ग्रामीण स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउने उद्देश्यका साथ ग्र...
एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

एमाले अध्यक्ष ओलीकाे भनाइ ः पार्टीलाई अलपत्र छोड्दिनँ

काठमाडौँ । नेतृत्व हस्तान्तरणको बहस चर्किरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली ले आफू तत्काल विश्राम लिने पक्षमा नरहेको संकेत दि...
दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

दिल्ली होटलमा भीषण आगलागी : २१ जनाको ज्यान गयाे, दर्जनौँ घाइते

भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलमा भएको भीषण आगलागीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। दक्षिणी दि...