Day: May 25, 2026

चट्याङ लागेर महिला घाइते, दुई बाख्रा मरे

चट्याङ लागेर महिला घाइते, दुई बाख्रा मरे

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
रुकुम पश्चिम — रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१४ तिमिले ढोलाटाकुरामा चट्याङ पर्दा एक महिला घाइते भएकी छन् भने दुई वटा बाख्राको मृत्यु भएको छ। आइतबार साँझ करिब ६ः४५ बजे धनबहादुर खड्काको घर नजिकै परेको चट्याङबाट उनकी श्रीमती ५९ वर्षीया खिमी खड्का बेहोस भएकी हुन्। उनलाई उपचारका लागि छोरा दीपबहादुर खड्काले तत्काल मिसन अस्पताल चौरजहारी लगेको प्रहरीले जनाएको छ। अस्पताल पुर्‍याउँदा उनको अवस्था बेहोस रहेको बताइएको छ। उक्त चट्याङका कारण खड्काको खोरमा रहेका दुई वटा बाख्राको समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक डेनीबहादुर थापाको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। घटनास्थल प्रहरी चौकी नुवाकोटबाट करिब ९ किलोमिटर उत्तरमा पर्दछ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।...
सिरहा मा छोटी भन्सार बन्दको विरोध, राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन

सिरहा मा छोटी भन्सार बन्दको विरोध, राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
मधेश प्रदेशको सिरहा मा छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्। सरकारले वैशाख २१ गते बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा सोमबार प्रदर्शन गरिएको हो। आन्दोलनकारीहरूले जिरोमाइल क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्दै सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्। स्थानीयवासीले छोटी भन्सार बन्द हुँदा मधेश क्षेत्रमा आर्थिक गतिविधि प्रभावित हुने र साना व्यवसायी मारमा पर्ने बताएका छन्।...
अत्यधिक गर्मीले कञ्चनपुर प्रभावित, तीन पालिकामा विद्यालय बन्द

अत्यधिक गर्मीले कञ्चनपुर प्रभावित, तीन पालिकामा विद्यालय बन्द

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
पश्चिम तराईमा बढ्दो गर्मी र तातो हावाका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ। तापक्रम ४० डिग्री आसपास पुगेपछि भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै शुक्लाफाँटाले दुई दिन तथा भीमदत्त र कृष्णपुर नगरपालिकाले तीन दिन विद्यालय बिदा दिएका हुन्। स्वास्थ्यकर्मीले दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेका छन्।...
बजेट खर्चमा लुम्बिनी प्रदेश सुस्त, १० महिनामा ४० प्रतिशत पनि कटेन

बजेट खर्चमा लुम्बिनी प्रदेश सुस्त, १० महिनामा ४० प्रतिशत पनि कटेन

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । लुम्बिनी प्रदेश सरकार चालु आर्थिक वर्षको १० महिना बितिसक्दा पनि बजेट खर्चमा अपेक्षाकृत कमजोर देखिएको छ। वैशाख मसान्तसम्म प्रदेश सरकारले कुल विनियोजित बजेटको ३९ दशमलव ९१ प्रतिशत मात्रै खर्च गर्न सकेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु र पुँजीगत शीर्षक गरी हालसम्म १३ अर्ब ७९ करोड ९१ लाख ८५ हजार ९४२ रुपैयाँ खर्च भएको छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल ३८ अर्ब ९१ करोड रुपैयाँ बजेट ल्याएको थियो। जसअन्तर्गत पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ र चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको थियो। गत आर्थिक वर्षको यही अवधिमा भने प्रदेश सरकारको खर्च दर ४६ दशमलव ४६ प्रतिशत पुगेको थियो। यस वर्ष खर्च दर झन् घटेपछि विकास आयोजना कार्यान्वयन, योजना सम्पन्नता र बजेट व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। आर्थिक वर्ष सकिन दुई महिन...
भारतमा पुनः इन्धन मूल्य वृद्धि

भारतमा पुनः इन्धन मूल्य वृद्धि

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ । फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ । इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले विश्व ऊर्जा आपूर्तिको एक महत्त्वपूर्ण मार्गमा अवरोध सिर्जना गरेपछि यसले प्रत्यक्ष प्रभाव पारेको हो । उक्त क्षेत्रलाई विश्वको प्रमुख ऊर्जा ढुवानी कोरिडोरमध्ये एक मानिन्छ । विश्वको तेस्रो ठूलो तेल खरिदकर्ता भारतले आफ्नो कच्चा तेलको करिब आधा हिस्सा यही संवेदनशील जलमार्गबाट आयात गर्छ । आपूर्ति जोखिम बढेसँगै देशभित्र मूल्य समायोजनको दबाब पनि बढ्दै गएको छ । पछिल्लो मूल्य समायोजनपछि देशभर इन्धनको दरमा औसत दुई रुपैयाँ (कर...