पश्चिम तराईमा बढ्दो गर्मी र तातो हावाका कारण कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ।
तापक्रम ४० डिग्री आसपास पुगेपछि भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै शुक्लाफाँटाले दुई दिन तथा भीमदत्त र कृष्णपुर नगरपालिकाले तीन दिन विद्यालय बिदा दिएका हुन्।
स्वास्थ्यकर्मीले दिउँसोको समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन आग्रह गरेका छन्।