मधेश प्रदेशको सिरहा मा छोटी भन्सार बन्द गर्ने सरकारी निर्णयविरुद्ध स्थानीयवासी आन्दोलनमा उत्रिएका छन्।
सरकारले वैशाख २१ गते बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि त्यसको विरोधमा सोमबार प्रदर्शन गरिएको हो।
आन्दोलनकारीहरूले जिरोमाइल क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पार्दै सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्।
स्थानीयवासीले छोटी भन्सार बन्द हुँदा मधेश क्षेत्रमा आर्थिक गतिविधि प्रभावित हुने र साना व्यवसायी मारमा पर्ने बताएका छन्।