इरान भित्र विद्रोह गराउने योजना असफल, नेतन्याहु असन्तुष्ट
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु इरानभित्र अशान्ति भड्काएर सत्ता कमजोर बनाउने योजना सफल नभएको भन्दै असन्तुष्ट बनेका छन्।
अमेरिकी पत्रिका न्यूयोर्क टाइम्स को रिपोर्टअनुसार इजरायली गुप्तचर संस्था मोसाद ले युद्धको सुरुवातमा इरानभित्र जनविद्रोह गराउने रणनीति तयार गरेको थियो।
रिपोर्टमा उल्लेख भएअनुसार मोसाद प्रमुख डेभिड बार्निया ले इरानी उच्च अधिकारीको हत्या, गोप्य कारबाही तथा विपक्षी समूहलाई सहयोग गर्ने योजना प्रस्ताव गरेका थिए। उक्त योजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समक्ष पनि प्रस्तुत गरिएको बताइएको छ।
अमेरिकी तथा इजरायली गुप्तचर विश्लेषकहरूले भने यस्तो योजनाबाट ठूलो जनविद्रोह हुने सम्भावना कम रहेको भन्दै सुरुदेखि नै शंका व्यक्त गरेका थिए। इरानमा कडा सुरक्षा नियन्त्रण, अघिल्ला आन्दोलनहरू दमन गरिएको अनुभव र जनतामा रहेको डरका कारण अपेक्षित विद्रोह नउठेको रिपोर्टमा उल्ले...






