जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्की भदौ २३–२४ को घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा जुटेकी छन्। आयोगले दुई साताअघि नै प्रतिवेदन बुझाए पनि हालसम्म सार्वजनिक गरिएको थिएन।

प्रतिवेदन सार्वजनिक गर्न राजनीतिक दल, अभियन्ता तथा विद्यार्थीहरूले दबाब बढाएपछि प्रधानमन्त्री कार्कीले मन्त्रीहरूसँग परामर्श थालेकी बताइएको छ। माइतीघर लगायतका स्थानमा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शनसमेत भइरहेको छ।

यसैबीच, चैत १३ गते बालेन शाह प्रधानमन्त्री नियुक्त हुने तयारी छ। पद हस्तान्तरणको तयारीस्वरूप प्रधानमन्त्री कार्कीले सरकारी निवास बालुवाटार खाली गर्ने क्रममा रहेको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रतिवेदन सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको छ र निर्णय छिट्टै हुन सक्ने सम्भावना छ।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...