कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका नगर कार्यपालिका कार्यालय ले संस्थागत (बोर्डिङ) विद्यालयहरूलाई पूर्व अनुमति बिना पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन दिएको छ।
कार्यालयले चैत ९ गते जारी गरेको पत्रमा हरेक शैक्षिक सत्रमा पाठ्यपुस्तक परिवर्तन गर्दा अभिभावकहरूमा अतिरिक्त आर्थिक बोझ परेको गुनासो आएको उल्लेख गर्दै अबदेखि नगरपालिकाको स्वीकृति बिना कुनै पनि विद्यालयले पुस्तक परिवर्तन गर्न नपाइने जनाएको छ।
निर्देशन उल्लङ्घन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने शाखा अधिकृत घुम्मनसिंह बडायकद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।