Day: March 2, 2026

निर्वाचनको खारेजी र मेरो गिरफ्तारी प्रयास बारे ः सागर लिम्बू

निर्वाचनको खारेजी र मेरो गिरफ्तारी प्रयास बारे ः सागर लिम्बू

Breaking News 1, विचार/ लेख/रचना/ साहित्य
म देशको कुनै गाउँ–बस्तीदेखि सहरको व्यस्त चोकसम्म, आफ्नो नियमित राजनीतिक कार्यमा संलग्न छु  । पार्टीको मार्गनिर्देशन अनुरूप, आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनको विरोधमा आवाज उठाइरहेको छु । हामीले यस निर्वाचनको गलत पृष्ठभूमि र यसले नेपाल देश र जनतामाथि निम्त्याउन सक्ने भयावह परिणामहरूको गम्भीर विश्लेषण गर्दै यसको पूर्ण खारेजीको माग गरेका छौं । प्रष्ट छ कि – यो निर्वाचन कस्तो जगमा उभिएको छ ? कसको योजना र निर्देशनमा यो सम्पन्न हुँदैछ ? यसको नियन्त्रण र परिचालन कसको हातमा छ ? यो किन र के–के कारणले गरिँदैछ ? र, निकट भविष्यमा यसले हाम्रो देशलाई कस्तो परिणामतर्फ धकेल्दै छ ? प्रश्न उठ्छ - के यो कथित निर्वाचनले व्यवस्था परिवर्तन गर्न सक्छ ? के यसले संविधानको परिवर्तन गर्न सक्छ ? के यसले भ्रष्टाचारको जरो उखेल्न सक्छ ? के लाखौं बेरोजगार युवालाई रोजगारीको ग्यारेन्टी गर्न सक्छ ? के शिक्षा र ...
‘निर्वाचन होइन, संरचनात्मक रूपान्तरण चाहिन्छ’

‘निर्वाचन होइन, संरचनात्मक रूपान्तरण चाहिन्छ’

Breaking News 1, Breaking News 2, विचार/ लेख/रचना/ साहित्य
फागुन २१ गते देशभरि प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सरकारले अन्तिम तयारी गरेको छ । तर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत भने यो चुनावको बहिष्कारको रणनीतिमा छ । उसले गाउँ केन्द्रित चुनावी बहिष्कार अभियान चलाइ रहँदा अहिले संकटको अवस्थामा निर्वाचनको अपरिहार्यता किन बहिष्कार भन्ने विषयमा नेकपा बहुमतका केन्द्रीय सदस्य नरेन्द्र विकेसँग गरिएको कुराकानी । सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनप्रति तपाईंहरूको असहमति किन छ ? यो निर्वाचनमा असहमति मात्र होइन गम्भीर असहमति र कडा आपत्ति पनि छ । यो निर्वाचन देश र जनताको हितमा छैन । यो त राष्ट्रघात र जनघातको नयाँ शृंखलाको नयाँ कडि हो । साम्राज्यवादी डिजाइनमा पुराना दल र तिनका नेताको उपादेयता सकिएपछि साम्राज्यवादी शक्तिले आफ्ना नयाँ प्यादाहरुला बैधता दिलाउन निर्वाचनको कलाविहीन नाटक मञ्चन गर्दै छन् । निर्वाचनको सबै प्रक्रिया एकदमै सुनियोजि...
देशको रक्षा गर्ने नयाँ बसन्तको शुरुआत होस् : विद्यार्थी नेता मुक्ति गैरे

देशको रक्षा गर्ने नयाँ बसन्तको शुरुआत होस् : विद्यार्थी नेता मुक्ति गैरे

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । फागु पूर्णिमाको अवसरमा विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयोजक मुक्ति गैरेले देशको रक्षा गर्ने नयाँ बसन्तको शुरुआत होस् भन्ने कामना गरेका छन्। उनले एक शुभकामना सन्देश जारी गर्दै तराई–पहाडका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा फागु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका हुन्। संयोजक गैरेले फागु पूर्णिमा केवल रंगहरूको पर्व मात्र नभई राष्ट्रियता, जनतन्त्र र जनजीविकाविरुद्धका प्रवृत्तिलाई होलिकाजस्तै भष्म पार्ने प्रेरणाको पर्व भएको उल्लेख गरेका छन्। उनले आफ्नो सन्देशमा भनेका छन्, फागु पूर्णिमाले हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई ध्वस्त बनाउने प्रवृत्तिहरूलाई होलिकाजस्तै दहन गर्ने साहस र शक्ति प्रदान गरोस्। साथै, देशको रक्षा गर्ने नयाँ बसन्तको शुरुआत होस्। उनले राष्ट्रिय एकतालाई पारिवारिक एकतासँग तुलना गर्दै आपसी प्रेम, सद्भाव र सहकार्यलाई सुदृढ बनाउनुपर्ने...
एमाले,काङ्ग्रेस र माओवादी साम्राज्यवादको पुरानो घोडा, लोकप्रियता खस्किदा नयाँ बदल्दै..

एमाले,काङ्ग्रेस र माओवादी साम्राज्यवादको पुरानो घोडा, लोकप्रियता खस्किदा नयाँ बदल्दै..

Breaking News 1, Breaking news 3, विचार/ लेख/रचना/ साहित्य, समाचार
हाम्रो देश नेपाल अहिले गम्भीर राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भु-राजनीतिक एवंम शान्ति सुरक्षाको दृष्टिकोणले संकटपुर्ण अवस्थामा छ!भाद्र २३ र २४ गते जेन्जी युवाहरूको आवरणमा भएको विद्रोहको कारण देशमा उत्पन्न संकटको कारण केपि ओली नेतृत्वको तत्कालीन एमाले- काङ्ग्रेस गठबन्धनको सरकार र २०७९ मा निर्वाचित संसदको विगठन गरि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरि आगामी फागुन २१ गते निर्वाचन तोकिएको छ।निर्वाचनको मिति आउन अब ४ दिन मात्रै बाँकी छ।सुशीला नेतृत्वको सरकारको गठनलाई विधिको दृष्टिकोणबाट हेर्दा असंवैधानिक र गैरकानुनी देखिन्छ भने उनको काम हेर्दा विद्रोहबाट गठित सरकार हो भन्ने कुनै छनक छैन।खयर उनको नेतृत्वको सरकार भाद्र २३ र २४ को विद्रोहको उपज हो र त्यसमा विदेशी शक्ति केन्द्रको खासगरी दक्षिण-पश्चिमको प्रभाव स्पष्ट रूपमा आम जनमानसले बुझ्ने गरि देखिएको छ। भाद्र २३ गते १९ जनाको...
देशभक्ति मर्दैन, देश सानो भए पनि — दीपक चलाउने

देशभक्ति मर्दैन, देश सानो भए पनि — दीपक चलाउने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का केन्द्रीय नेता दीपक चलाउनेले अमेरिका र उसका नीतिविरुद्ध कडा टिप्पणी गरेका छन्। देशभक्ति त मर्दैन, देश सानो भए पनि, भन्दै उनले कुनै देशको शासन प्रजातान्त्रिक छ वा छैन भन्ने मापदण्ड बाह्य शक्तिको घोषणा वा आक्रमण बाट हुन नसक्ने बताएका छन्। उनले अमेरिकी पूर्वराष्ट्रपति डाेनाल ट्रम प्रति संकेत गर्दै प्राकृतिक सम्पदा दोहनबाट उभिएको वैभव दीर्घकालीन नहुने दाबी गरे। स्वतन्त्रताको नाममा विदेशी शक्तिको सहारा खोज्ने प्रवृत्ति देशद्रोह भएको उनको भनाइ थियो। इरानप्रति समर्थन जनाउँदै उनले इरान एक स्वतन्त्र र सार्वभौम राष्ट्र भएको उल्लेख गरे। त्यहाँको शासन व्यवस्था र धार्मिक संरचना त्यहाँकै जनताको रोजाइको विषय भएको उनले बताए। साथै अयातोल्ला अली खामेनी  राष्ट्र प्रमुख रहेको उल्लेख गर्दै बाह्य हस्तक्षेप अस्वीकार्य हुने धारणा व्यक्त गरे।...
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन ,आजै मध्यराति देखि मौन अवधि लागू

चुनाव प्रचार प्रसारको आज अन्तिम दिन ,आजै मध्यराति देखि मौन अवधि लागू

Breaking News 1, प्रमुख समाचार, राजनीति, समाचार
काठमाडौँ — प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि लागू हुने मौन अवधि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ। यस अवधिमा कुनै पनि प्रकारका प्रचारप्रसार, सभा–सम्मेलन, छलफल वा मत माग्ने गतिविधि गर्न पाइँदैन। मतदान हुनुभन्दा ४८ घण्टाअघि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका प्रचार सामग्रीसमेत हटाउनुपर्ने व्यवस्था छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गरे उम्मेदवारको मनोनयन रद्दसमेत हुन सक्ने चेतावनी दिएका छन्।...
नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार

नेकपा(बहुमत) सुदूरपश्चिमद्वारा १६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी फिर्ता गर्न पत्राचार

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को ७ नम्बर ब्युरोले सरकारले घोषणा गरेको आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका सबै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन पत्राचार गरेको जनाएको छ । पार्टीका अनुसार कैलालीका ५, कञ्चनपुरका ३ सहित सुदूरपश्चिमका ९ जिल्लाका १६ वटै निर्वाचन क्षेत्रमा रहेका कुल १९२ जना उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि औपचारिक अपिल गरिएको हो । पत्रमा भीम बहादुर रावल, लेखराज भट्ट, त्रिलोचन भट्ट, बिना मगर र प्रेम आले लगायतका सबै नेताहरूलाई पत्राचार गरिएको पार्टीको ७ नं. ब्युरोले जनाएको छ । पार्टीले पठाएको पत्रमा निम्न विषयहरु उल्लेख गरिएको छ । ‘पुरानै व्यवस्था दोहोर्‍याउन खोजिएको’ आरोप : पार्टीले जारी गरेको अपिलपत्रमा पुरानै संविधान र व्यवस्थालाई निरन्तरता दिन खोजिएको आरोप लगाइएको...