देशको रक्षा गर्ने नयाँ बसन्तको शुरुआत होस् : विद्यार्थी नेता मुक्ति गैरे

काठमाडौं । फागु पूर्णिमाको अवसरमा विद्यार्थी स्वयंसेवक नेपालका केन्द्रीय संयोजक मुक्ति गैरेले देशको रक्षा गर्ने नयाँ बसन्तको शुरुआत होस् भन्ने कामना गरेका छन्। उनले एक शुभकामना सन्देश जारी गर्दै तराई–पहाडका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा फागु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका हुन्।

संयोजक गैरेले फागु पूर्णिमा केवल रंगहरूको पर्व मात्र नभई राष्ट्रियता, जनतन्त्र र जनजीविकाविरुद्धका प्रवृत्तिलाई होलिकाजस्तै भष्म पार्ने प्रेरणाको पर्व भएको उल्लेख गरेका छन्। उनले आफ्नो सन्देशमा भनेका छन्, फागु पूर्णिमाले हाम्रो राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई ध्वस्त बनाउने प्रवृत्तिहरूलाई होलिकाजस्तै दहन गर्ने साहस र शक्ति प्रदान गरोस्। साथै, देशको रक्षा गर्ने नयाँ बसन्तको शुरुआत होस्।

उनले राष्ट्रिय एकतालाई पारिवारिक एकतासँग तुलना गर्दै आपसी प्रेम, सद्भाव र सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। पुराना कटुता र दुस्मनी बिर्सेर एकअर्कासँग प्रेमिल तथा आत्मीय सम्बन्ध स्थापित गर्दै देश र जनताको रक्षक बन्ने प्रेरणा मिलोस् भन्ने कामना पनि उनले गरेका छन्।

गैरेले देशको विकास, समृद्धि र स्थायी शान्तिका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव र सकारात्मक सोच आवश्यक रहेको उल्लेख गर्दै फागु पूर्णिमाले त्यसतर्फ सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

अन्त्यमा उनले तराई–पहाडका सम्पूर्ण नेपाली जनतामा फागु पूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

छुटाउनुभयो कि ?

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

नेकपा (बहुमत) तुलसीपुरको पाँचौँ बैठक सम्पन्न

दाङ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तुलसीपुर उपमहानगरपालिका समितिको पाँचौँ बैठक सम्पन्न भएको छ। बैठकले असार १३ गते हुने जिल...
घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

घोराही–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त, आयोगले गर्‍यो पद स्वतः रिक्त घोषणा

दाङ । घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मुनाल घिमिरे पदमुक्त भएका छन्। निर्वाचन आयोगले बुधबार सार्वजनिक सूचना जारी गर्दै उन...
सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

सडक विस्तारका लागि आठबिसकोटमा मापदण्डभित्रका संरचना हटाइयो

रुकुम पश्चिम — आठबिसकोट नगरपालिका–९ स्थित रेडियो नयाँ नेपाल चोकदेखि इलाका प्रहरी कार्यालय जोड्ने भित्री सडकको विस्तार तथा स्तर...
सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

सम्पत्ति छानबिनका लागि तयार छौँ, सरकारमा रहेकाले पनि स्रोत खुलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा ले आफ्नो सम्पत्ति छानबिन गराउन आफूहरू तयार रहेको बताएका छन्। गोरखामा आयोजित कार्य...