Day: May 30, 2026

बजेटको शिक्षा नीति विरुद्ध (क्रान्तिकारी) को आपत्ति

बजेटको शिक्षा नीति विरुद्ध (क्रान्तिकारी) को आपत्ति

Breaking News 1, मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं। नेकपा (बहुमत) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटलाई शिक्षा क्षेत्रमाथिको प्रत्यक्ष आक्रमणको संज्ञा दिएको छ। संगठनका अध्यक्ष बिरेन्द्र शाहले जारी गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रमा केवल १०.२५ प्रतिशत बजेट विनियोजन गरेर सरकारले सार्वजनिक शिक्षालाई थप कमजोर बनाउने बाटो रोजेको आरोप लगाइएको छ। शिक्षा क्षेत्रको रूपान्तरणका लागि कम्तीमा २० प्रतिशत बजेट आवश्यक रहेको संगठनको दाबी छ। विज्ञप्तिमा सामुदायिक विद्यालयमा अभिभावक सहयोगको नाममा शुल्क उठाउने व्यवस्थालाई वैधानिकता दिन खोजिएको भन्दै आपत्ति जनाइएको छ। यस्तो कदमले गरिब, श्रमिक तथा निम्नवर्गीय परिवारका विद्यार्थीलाई शिक्षाबाट वञ्चित बनाउने संगठनको भनाइ छ। त्यस्तै निजी विद्यालयको शुल्कमा ३ प्रतिशत कर लगाउने सरकारी निर्णयले अन्ततः अभिभावकमाथि थप आर्थिक भार थोपर्ने ...
बस्ती हटाउने सूचना प्रति  दाङका भूमिहीनहरू आक्रोशित, सूचना खारेज गर्न माग

बस्ती हटाउने सूचना प्रति दाङका भूमिहीनहरू आक्रोशित, सूचना खारेज गर्न माग

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ – दाङमा भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि बस्ती खाली गराउने नाममा राज्यले दबाब बढाएको भन्दै नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समिति दाङ आक्रोशित बनेको छ। समितिले बस्ती खाली गराउन जारी गरिएको सूचना तत्काल खारेज गर्न माग गर्दै बल प्रयोग, धम्की र डोजर आतंकको बाटो रोजिए प्रतिरोध हुने चेतावनी दिएको छ। समितिले जारी गरेको प्रेस वक्तव्यमा तुलसीपुर इलाका प्रहरी कार्यालय र लमही नगरपालिका टिकलीगढस्थित क्षेत्रीय प्रहरी आवासीय विद्यालयको नाममा रहेको जग्गा खाली गराउन जारी सूचनाले सयौं परिवारको भविष्य अन्योलमा पारेको उल्लेख छ। वैकल्पिक व्यवस्था बिनै नागरिकलाई घरबार विहीन बनाउने प्रयास राज्यको गैरजिम्मेवार र अमानवीय कदम भएको आरोप लगाइएको छ। वक्तव्यमा सर्वोच्च अदालतले समेत व्यवस्थापन नगरी भूमिहीन र सुकुम्बासीलाई हटाउन नपाइने आदेश दिइसकेको अवस्थामा सूचना जारी ग...
धान खेतमा पहिलोपटक मखना खेती

धान खेतमा पहिलोपटक मखना खेती

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजातिको पौष्टिक खाद्य पदार्थ मखनाको खेती युवा कृषकले नेपालमै पहिलो पटक ठूलो क्षेत्रफलमा थालेपछि यतिबेला यो खेती स्थानीयको चासोको विषय बनेको छ । कचनकवल गाउँपालिका–४ केचनाका ३९ वर्षीय कृषक चन्द्र राजवंशीले भारतको विहारबाट प्रविधि सिकेर २० बिघा क्षेत्रफलमा मखना खेती सुरु गरेका हुन् । धान र मकै खेती हुने खेतमा पानी जमाएर गरिएको यो खेती अहिले झापामै नयाँ र फरक कृषि अभ्यासका रूपमा हेरिएको छ । राजवंशीले १० वर्षका लागि प्रतिविघा ३० मन धान बराबरको रकम अग्रिम भुक्तानी गरेर भाडामा लिएको जमिनमा मखना खेती सुरुआत गरेको बताए । ‘भारतको सीमावर्ती क्षेत्रमा मखना खेती मनग्य आम्दानी दिने खेतीका रूपमा विकास भइरहेको देखेपछि नेपालमा पनि यसको सम्भावना खोज...
आज देशभर बदली, केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना

आज देशभर बदली, केही स्थानमा वर्षा र हावाहुरीको सम्भावना

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तराई र पहाडी भूभागका केही क्षेत्रमा हावाहुरी पनि चल्न सक्ने बताइएको छ। आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र सुदूरपश्चिम, कर्णाली, गण्डकी लगायतका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।...
विध्वंसबाट जन्मेको सरकारले प्राविधिक र निशुल्क शिक्षा निरुत्साहित गर्‍यो : मुक्ति गैरे

विध्वंसबाट जन्मेको सरकारले प्राविधिक र निशुल्क शिक्षा निरुत्साहित गर्‍यो : मुक्ति गैरे

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । बिद्यार्थी नेता मुक्ति गैरे ले सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन्। उनले बजेटले प्राविधिक तथा निःशुल्क शिक्षालाई निरुत्साहित गरेको टिप्पणी गरेका हुन्। गैरेले वर्तमान सरकारलाई हत्या, हिंसा र विध्वंसबाट जन्मेको सरकार को संज्ञा दिँदै सामुदायिक विद्यालयमा समेत घुमाउरो तरिकाले शुल्क असुल्ने नीति ल्याइएको आरोप लगाए। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, हत्या, हिंसा र विध्वंसबाट जन्मेको सरकारले प्राविधिक र निःशुल्क शिक्षालाई निरुत्साहित गर्दै अभिभावकको सहयोग भनेर घुमाउरो तरिकाले शुल्क असुल्ने नीति अवलम्बन गरेछ।...