Day: May 19, 2026

प्रधानाध्यापक धामी मृ * त्यु प्रकरण : शिक्षकसहित ८ जना पक्राउ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दार्चुलाको ब्यास गाउँपालिका–४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामी मृत भेटिएको घटनामा प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । आत्महत्या दुरुत्साहन मुद्दाअन्तर्गत शिक्षक, ठेकेदार र स्थानीयसहितका व्यक्तिलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट १० दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ । मृत्युअघि प्रधानाध्यापक धामीले फेसबुक स्टाटसमार्फत आफूलाई झुट्टा आरोप लगाएर योजनाबद्ध रूपमा फसाउन खोजिएको उल्लेख गरेका थिए । घटनापछि दार्चुलाको शैक्षिक क्षेत्र आन्दोलित बनेको छ । प्रधानाध्यापक संघ र प्याब्सनले निष्पक्ष छानबिनको माग गर्दै ‘पेन डाउन’ कार्यक्रम घोषणा गरेका छन् भने ब्यास गाउँपालिकाले मंगलबार शोक बिदासमेत दिएको छ ।...
विस्थापित सुकुम्बासीलाई सरकारको राहत, परिवारलाई २५ हजार दिने निर्णय

विस्थापित सुकुम्बासीलाई सरकारको राहत, परिवारलाई २५ हजार दिने निर्णय

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले उपत्यकाबाट हटाइएका सुकुम्बासी परिवारलाई तत्काल राहतस्वरूप प्रति परिवार २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापनाका लागि उक्त रकम दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले वैकल्पिक बसोबास आफैँ गर्नुपर्ने परिवारलाई तीन महिनासम्म मासिक भाडा सहयोग पनि दिने भएको छ । पाँच सदस्यसम्मका परिवारलाई १५ हजार र सोभन्दा बढी सदस्य भए थप प्रतिव्यक्ति २ हजार रुपैयाँ उपलब्ध गराइने निर्णय गरिएको छ । त्यस्तै, वृद्ध, अपांगता भएका तथा आफैँ व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरमा राख्ने तथा बालबालिकाको शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था स्थानीय तहसँग समन्वय गरेर मिलाइने सरकारको निर्णय छ ।...
अनुशासन उल्लङ्घन गरेको भन्दै अशोक सुवेदीलाई गर्याे समाजवादी कम्युनिस्ट पार्टीले पदमुक्त

अनुशासन उल्लङ्घन गरेको भन्दै अशोक सुवेदीलाई गर्याे समाजवादी कम्युनिस्ट पार्टीले पदमुक्त

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं : समाजवादी कम्युनिष्ट पार्टी नेपालले स्थायी समिति सदस्य अशोक प्रसाद सुवेदीलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । पार्टी अध्यक्ष पुर्णबहादुर सिंह समरजङ्ग नेतृत्वको पार्टीले सुवेदीमाथि अनुशासन उल्लङ्घन, गुटबन्दी तथा पार्टीविरोधी गतिविधि गरेको निष्कर्ष निकाल्दै कारबाही गरेको हो । पार्टीका कार्यालय सचिव शालीनद्वारा जारी विज्ञप्ति अनुसार पार्टीले लामो समयदेखि सुवेदीलाई सचेत गराउँदै आएको थियो । तर, पटक–पटकको छलफल र आग्रहलाई बेवास्ता गर्दै उनले पार्टीभित्र असन्तुष्टि फैलाउने, गुटबन्दी गर्ने तथा अनुशासनहीन गतिविधि निरन्तर गरिरहेको आरोप लगाइएको छ । विज्ञप्तिमा पार्टी निर्माण र आन्दोलनमा सुवेदीले सुरुआती चरणमा योगदान दिएको स्वीकार गरिएको छ । तर पछिल्लो समय उनी पार्टी काममा निष्क्रिय बन्दै गएको, आफ्ना कमजोरीलाई ढाकछोप गर्न वैचारिक असहमतिको आवरण प्रयोग गरेको र पार्टी...
सांसद कार्की विवादमा रास्वपाको छलफल, स्पष्टीकरण माग्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्की सम्बन्धी विवादमा आन्तरिक छलफल तीव्र बनाएको छ । पार्टी स्रोतका अनुसार नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर बेवास्ता गरेको आरोप सार्वजनिक भएपछि कार्कीसँग स्पष्टीकरण माग्ने तयारी गरिएको हो । नाइजेरियाकी २६ वर्षीया रिता अजुकोले आफू गर्भवती भएपछि कार्की सम्पर्कविहीन बनेको आरोप लगाएकी छन् । काठमाडौंको ठमेल क्षेत्रमा बस्दै आएकी उनले आफू आर्थिक समस्यामा परेको र दैनिक खर्च चलाउनसमेत कठिन भएको गुनासो गरेकी छन् । अजुको र कार्कीबीच लिभिङ रिलेसनमा बस्दै आएको दाबी गरिएको छ । उनले सार्वजनिक गरेका केही म्यासेजमा कार्कीले ‘माई वाइफ’, ‘माई लाइफ’ र ‘माई लभ’ जस्ता शब्द प्रयोग गरेको देखिन्छ । अस्पतालमा समेत पतिको नाममा कृष्ण कार्की उल्लेख गरिएको बताइएको छ । अजुकोका अनुसार गर्भवती भएको जानकारी पाएपछि उनले गर्भपतनको ...