अनुशासन उल्लङ्घन गरेको भन्दै अशोक सुवेदीलाई गर्याे समाजवादी कम्युनिस्ट पार्टीले पदमुक्त

काठमाडौं : समाजवादी कम्युनिष्ट पार्टी नेपालले स्थायी समिति सदस्य अशोक प्रसाद सुवेदीलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । पार्टी अध्यक्ष पुर्णबहादुर सिंह समरजङ्ग नेतृत्वको पार्टीले सुवेदीमाथि अनुशासन उल्लङ्घन, गुटबन्दी तथा पार्टीविरोधी गतिविधि गरेको निष्कर्ष निकाल्दै कारबाही गरेको हो ।

पार्टीका कार्यालय सचिव शालीनद्वारा जारी विज्ञप्ति अनुसार पार्टीले लामो समयदेखि सुवेदीलाई सचेत गराउँदै आएको थियो । तर, पटक–पटकको छलफल र आग्रहलाई बेवास्ता गर्दै उनले पार्टीभित्र असन्तुष्टि फैलाउने, गुटबन्दी गर्ने तथा अनुशासनहीन गतिविधि निरन्तर गरिरहेको आरोप लगाइएको छ ।

विज्ञप्तिमा पार्टी निर्माण र आन्दोलनमा सुवेदीले सुरुआती चरणमा योगदान दिएको स्वीकार गरिएको छ । तर पछिल्लो समय उनी पार्टी काममा निष्क्रिय बन्दै गएको, आफ्ना कमजोरीलाई ढाकछोप गर्न वैचारिक असहमतिको आवरण प्रयोग गरेको र पार्टीको निर्णय तथा विधिलाई चुनौती दिएको उल्लेख गरिएको छ ।

पार्टीले ‘नयाँ विचार पाठशाला’ अवधारणाअन्तर्गत अघि सारिएका दस्तावेजमाथि सुवेदीले असहमति जनाए पनि उनको मतलाई सम्मान गर्दै समाधान खोज्ने प्रयास गरिएको जनाएको छ । तर त्यसपछि पनि गतिविधि नसच्याएपछि अन्ततः विधानको धारा ७३ (१) अनुसार जिम्मेवारीबाट हटाउने निर्णय लिनुपरेको पार्टीको भनाइ छ । पार्टीले सुवेदीलाई सुधार गर्न धेरै प्रयास र लगानी गरेको दाबी गर्दै, अन्ततः पार्टीको अनुशासन र एकतालाई जोगाउन कारबाही आवश्यक भएको स्पष्ट पारेको छ ।

छुटाउनुभयो कि ?

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

नक्कली हस्ताक्षर प्रयोग नगर्न अशोक सुवेदीलाई चेतावनी, हामी मूल पार्टीमै छौं

काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्य सीता गौतम (रामेछाप) र आकाश कार्की (जाजरकोट) ले अशोक प्रसाद स...
नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

नेपाली कांग्रेस निकट व्यवसायी रास्वपामा प्रवेश

रुपन्देही । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस परित्याग गरेर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने क्...
सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

सरकारले भदौ २४ घटना ढाक्न खोजेको गगन थापाको आरोप

विराटनगर पुगेका नेपाली कांग्रेसका सभापति गगन थापा ले भदौ २४ गते भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न तत्काल न्यायिक आयोग गठन गर्न...
रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

रवि,छवि र जीवीमाथिको संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दा खारेज

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेसहितका सहकारी ठगीसँग सम्बन्धित मुद्दाका प्रतिवादीको संगठित अपराध ...