Day: April 5, 2026

बालश्रम दुर्व्यवहार आरोपमा पक्राउ परेकी सांसद रेखा शर्मा थुनामुक्त

बालश्रम दुर्व्यवहार आरोपमा पक्राउ परेकी सांसद रेखा शर्मा थुनामुक्त

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
बालश्रम शोषण र कुटपिटको आरोपमा पक्राउ परेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। यसअघि सोही मुद्दामा कारबाही नचल्ने निर्णय भइसकेकाले जिल्ला अदालत काठमाडौंले उनलाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो। काठमाडौं महानगरपालिकाको उजुरीपछि आफ्नै घरमा काम गर्ने बालिकामाथि हिंसा गरेको आरोपमा उनी पक्राउ परेकी थिइन्। महानगरको अनुगमनका क्रममा पीडित बालिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन्। नयाँ सरकार बनेसँगै पुनः जाहेरी दर्ता भई अनुसन्धान अगाडि बढाइएको हो।...
मालपोत कार्यालय तुलसीपुरबाट बिचौलिया नियन्त्रणमा

मालपोत कार्यालय तुलसीपुरबाट बिचौलिया नियन्त्रणमा

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङको तुलसीपुरस्थित मालपोत कार्यालय परिसरबाट प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ। सेवाग्राहीलाई अनावश्यक झन्झट सिर्जना गर्ने र अतिरिक्त रकम असुल्ने गुनासो बढेपछि उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कार्यालयभित्रै सक्रिय बिचौलिया समूहले सेवाग्राहीलाई सास्ती दिने गरेको सूचना पाएपछि कारबाही अघि बढाइएको हो। पक्राउ परेकाहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन। नियन्त्रणमा लिइएकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारी सेवामा बिचौलियाको प्रभाव घटाउन प्रहरी सक्रिय रूपमा परिचालन हुँदै आएको छ।...
लुम्बिनी प्रदेश सभाको बैठक आज, दुई विधेयक प्रस्तुत हुने

लुम्बिनी प्रदेश सभाको बैठक आज, दुई विधेयक प्रस्तुत हुने

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
दाङ । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आज दिउँसो १ बजे बैठक बस्दैछ । बैठकमा सुरुआतमा सांसदहरूले समसामयिक विषयमा धारणा राख्नेछन् भने उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान’ सम्बन्धी विधेयक पेश गर्ने कार्यसूची छ । त्यसैगरी मुख्यमन्त्री चेत नारायण आचार्यले जिल्ला सभा तथा समन्वय समिति सम्बन्धी ऐन संशोधन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव राख्ने कार्यक्रम रहेको छ ।...
काठमाडौँमा ‘सानुभाइ’सहित १८ जना गुण्डागर्दीमा पक्राउ

काठमाडौँमा ‘सानुभाइ’सहित १८ जना गुण्डागर्दीमा पक्राउ

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौँ । गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको हो । प्रहरीले शुक्रबार रातिदेखि सञ्चालन गरेको विशेष अपरेसनमा अन्य १७ जनालाई पनि नियन्त्रणमा लिएको छ । नुवाकोटको ककनी–५ घर भई टोखामा बस्दै आएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक–पटक पक्राउ परिसकेका व्यक्ति हुन् । उनी कुख्यात ‘घैँटे’का सहयोगी मानिन्छन् । प्रहरीका अनुसार गुरुङलाई हातहतियारसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान गरिएको थियो । हाल पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।...
निर्विरोध सभामुख घोषणा हुँदै, संघीय संसद्का दुवै सदन आज बस्दै

निर्विरोध सभामुख घोषणा हुँदै, संघीय संसद्का दुवै सदन आज बस्दै

Breaking News 1, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुने तय भएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १२:१५ बजेका लागि बोलाइएको छ। आजको प्रतिनिधिसभा बैठक विशेष महत्त्वको मानिएको छ। सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भइसकेकाले उनको औपचारिक घोषणा आजको बैठकबाट गरिनेछ। शुक्रबार मनोनयन दर्ताको क्रममा अर्यालको एकमात्र उम्मेदवारी परेपछि उनी निर्वाचित भएका हुन्। उता, राष्ट्रियसभामा भने आन्तरिक व्यवस्थापनसम्बन्धी विषयहरू प्राथमिकतामा छन्। सभाध्यक्षले विषयगत समितिहरूका सदस्यहरूको मनोनयन तथा आवश्यक हेरफेर गर्नेछन्। साथै अध्यक्ष र उपाध्यक्ष अनुपस्थित रहँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिने कार्यसूची रहेको छ। त्यसैगरी, प्रधानमन्त्री बालेन शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१...
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं — हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक वर्षा र हिमपात भइरहेको छ। महाशाखाका अनुसार अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ आज दिउँसो देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा केही स्थानमा तथा अन्य तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने बताइएको छ। मधेस प्रदेश सहित कोशी, बागमती प्रद...