नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ।

बैठकको अध्यक्षता पार्टीका सचिवालय सदस्य एवम् ५ नं. ब्युरो इन्चार्ज अनन्तले गर्नुभएको थियो भने अतिथिको रूपमा केन्द्रीय सचिवालय सदस्य तिलक पुनको उपस्थिति रहेको थियो। बैठकमा पार्टीका ब्युरो समितिका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, जनताको अधिकारको रक्षा, राष्ट्रिय स्वाधीनको आन्दोलन तथा बैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्न संगठनलाई कसरी अझ सुदृढ र सक्रिय बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। वर्तमान संसदीय व्यवस्थाले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको उल्लेख गर्दै जनताको हितका लागि वैज्ञानिक समाजवादी राजनीतिक दिशाको अनिवार्य आवश्यकता रहेको निष्कर्ष निकालेको जानकारी प्राप्त भएको छ।

बैठकका अध्यक्ष अनन्तले संगठनलाई जनतासँग अझ नजिक बनाउँदै पार्टीको राजनीतिक कार्यदिशालाई जनस्तरसम्म पुर्‍याउन सबै कार्यकर्तालाई सक्रिय रूपमा लाग्न निर्देशन गर्नुभयो।आगामी २०८३ श्रावण १५ देखि २१ गतेसम्म हुने पार्टीको विशेष राष्ट्रिय सम्मेलन सम्पन्न गर्न सबै नेताकार्यकर्ता बिशेष रूपमा लाग्न अनुरोध समेत गर्नुभयो। त्यस्तै अतिथि तिलकले पार्टीको सिद्धान्त, नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संगठनात्मक अनुशासन, एकता र सक्रियता अपरिहार्य रहेको बताउनुभयो।
बैठकले संगठन विस्तार, राजनीतिक प्रशिक्षण, तथा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने साथै राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा निरन्तर संघर्ष संचालन गर्ने निर्णय गरेको छ।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...