Day: April 9, 2026

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

समाचार
दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता पार्टीका सचिवालय सदस्य एवम् ५ नं. ब्युरो इन्चार्ज अनन्तले गर्नुभएको थियो भने अतिथिको रूपमा केन्द्रीय सचिवालय सदस्य तिलक पुनको उपस्थिति रहेको थियो। बैठकमा पार्टीका ब्युरो समितिका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। बैठकमा देशको समसामयिक राजनीतिक अवस्था, जनताको अधिकारको रक्षा, राष्ट्रिय स्वाधीनको आन्दोलन तथा बैज्ञानिक समाजवादको लक्ष्य हासिल गर्न संगठनलाई कसरी अझ सुदृढ र सक्रिय बनाउने भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो। वर्तमान संसदीय व्यवस्थाले जनताको आधारभूत समस्या समाधान गर्न नसकेको उल्लेख गर्दै जनताको हितका लागि वैज्ञानिक समाजवादी राजनीतिक दिशाको अनिवार्य आवश्यकता रहेको निष्कर्ष निकालेको जानकारी प्राप्त भएको छ। बैठकका अध्यक्ष अनन्तले संगठनलाई ज...