मालपोत कार्यालय तुलसीपुरबाट बिचौलिया नियन्त्रणमा

दाङको तुलसीपुरस्थित मालपोत कार्यालय परिसरबाट प्रहरीले केही बिचौलिया र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ। सेवाग्राहीलाई अनावश्यक झन्झट सिर्जना गर्ने र अतिरिक्त रकम असुल्ने गुनासो बढेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार कार्यालयभित्रै सक्रिय बिचौलिया समूहले सेवाग्राहीलाई सास्ती दिने गरेको सूचना पाएपछि कारबाही अघि बढाइएको हो। पक्राउ परेकाहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।

नियन्त्रणमा लिइएकाहरूलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सरकारी सेवामा बिचौलियाको प्रभाव घटाउन प्रहरी सक्रिय रूपमा परिचालन हुँदै आएको छ।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...