शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्टरसम्म नियमन गर्न माग गर्दै तुल्सीपुर उपमहानगरपालिकाका नगर शिक्षा शाखाप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ।

संगठनका केन्द्रीय सदस्य कमल पुन मगरको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा शिक्षा क्षेत्रमा देखिएका बेथिति, महँगो शुल्क, तथा निजी र सहायक शैक्षिक संस्थाहरूको अव्यवस्थित सञ्चालनप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

ज्ञापनपत्रमा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका भाषा, ट्युसन तथा कन्सल्टेन्सी सेन्टरहरूको अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ। साथै निजी विद्यालयहरूको शुल्क वैज्ञानिक रूपमा निर्धारण गर्न, हरेक वर्ष पाठ्यपुस्तक र पोशाक परिवर्तन गर्ने प्रवृत्तिमा रोक लगाउन तथा शिक्षक–कर्मचारीको सेवा सुविधा कानुनअनुसार सुनिश्चित गर्न माग गरिएको छ।त्यस्तै, नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यालयहरूमा प्रधानाध्यापक नियुक्ति र शिक्षक दरबन्दी मिलान गर्नुपर्ने माग गरिएको छ।

साथै, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, भौतिक पूर्वाधार सुधार गर्न, शिक्षकको अभाव पूर्ति गर्न र विद्यालय सञ्चालनमा आर्थिक पारदर्शिता कायम गर्न विशेष जोड दिइएको छ। साथै पालिका भित्रका कतिपय सामुदायिक बिद्यालयहरूमा शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्ति नगरिएको भन्दै शिक्षा ऐन अनुसार नै कार्यन्वय गर्न माग गरेको छ ।

अखिल (क्रान्तिकारी) ले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्ने संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न समेत माग गर्दै आफ्ना मागहरू शीघ्र सम्बोधन गर्न आग्रह गरेको छ। माग बेवास्ता गरिए आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी समेत संगठनले दिएको छ।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...