Day: April 6, 2026

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्ब रुपैयाँ ऋणको विरोध गरेको छ। पार्टीका महासचिव गौरवद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त ऋणलाई “सार्वभौमसत्तामाथिको प्रहार” भन्दै यसको औचित्यबारे जनतालाई स्पष्ट पार्न माग गरिएको छ। विज्ञप्तिमा विदेशी ऋणले देशलाई आत्मनिर्भर बनाउने होइन, बरु परनिर्भर बनाउने दाबी गरिएको छ। पार्टीले विदेशी ऋण लिनुको सट्टा आन्तरिक स्रोत परिचालन, श्रमदान र उत्पादनमा आधारित विकास मोडेल अपनाउन सरकारलाई आग्रह गरेको छ। ऋण लिएर कुनै पनि देश विकास भएको उदाहरण छैन, विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू जस्तै INF/ADB लाई आधुनिक आर्थिक हतियार का रूपमा चित्रण गर्दै यस्ता संस्थाबाट लिइने ऋणले देशको नीति र निर्णयमा बाह्य हस्तक्षेप बढाउने चेतावनी दिइएको छ।...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, राजनीति, समाचार
दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्टरसम्म नियमन गर्न माग गर्दै तुल्सीपुर उपमहानगरपालिकाका नगर शिक्षा शाखाप्रमुखलाई ज्ञापनपत्र बुझाएको छ। संगठनका केन्द्रीय सदस्य कमल पुन मगरको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा शिक्षा क्षेत्रमा देखिएका बेथिति, महँगो शुल्क, तथा निजी र सहायक शैक्षिक संस्थाहरूको अव्यवस्थित सञ्चालनप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। ज्ञापनपत्रमा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका भाषा, ट्युसन तथा कन्सल्टेन्सी सेन्टरहरूको अनुगमन गरी आवश्यक कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ। साथै निजी विद्यालयहरूको शुल्क वैज्ञानिक रूपमा निर्धारण गर्न, हरेक वर्ष पाठ्यपुस्तक र पोशाक परिवर्तन गर्ने प्रवृत्तिमा रोक लगाउन तथा शिक्षक–कर्मचारीको सेवा सुविधा कानुनअनुसार सुनिश्चित गर्न माग गरिएको छ।त्यस्तै, न...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

Breaking News 1, प्रमुख समाचार, मुख्य समाचार, समाचार
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुलातर्फ प्रस्थान गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नागरिकलाई पनि श्रमदानमा सहभागी हुन आह्वान गरेका छन्। विदेशी ऋणभन्दा स्वदेशी श्रम र जनशक्तिको प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनले दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङमा पुल निर्माण गर्ने योजना रहेको बताएका छन्। करिब ८० मिटर लामो पुल निर्माणका लागि भोलि शिलान्यास गर्ने तयारी छ। पुलका लागि हालसम्म देश–विदेशबाट करिब १ करोड १२ लाख रुपैयाँ संकलन भइसकेको छ भने उनी १५ जना श्रमदातासहित त्यसतर्फ गएका छन्।...