बालश्रम शोषण र कुटपिटको आरोपमा पक्राउ परेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ। यसअघि सोही मुद्दामा कारबाही नचल्ने निर्णय भइसकेकाले जिल्ला अदालत काठमाडौंले उनलाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो।
काठमाडौं महानगरपालिकाको उजुरीपछि आफ्नै घरमा काम गर्ने बालिकामाथि हिंसा गरेको आरोपमा उनी पक्राउ परेकी थिइन्। महानगरको अनुगमनका क्रममा पीडित बालिकाले आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन्। नयाँ सरकार बनेसँगै पुनः जाहेरी दर्ता भई अनुसन्धान अगाडि बढाइएको हो।