निर्विरोध सभामुख घोषणा हुँदै, संघीय संसद्का दुवै सदन आज बस्दै

काठमाडौं — संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सुरु हुने तय भएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १२:१५ बजेका लागि बोलाइएको छ।

आजको प्रतिनिधिसभा बैठक विशेष महत्त्वको मानिएको छ। सभामुख पदमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भइसकेकाले उनको औपचारिक घोषणा आजको बैठकबाट गरिनेछ। शुक्रबार मनोनयन दर्ताको क्रममा अर्यालको एकमात्र उम्मेदवारी परेपछि उनी निर्वाचित भएका हुन्।
उता, राष्ट्रियसभामा भने आन्तरिक व्यवस्थापनसम्बन्धी विषयहरू प्राथमिकतामा छन्। सभाध्यक्षले विषयगत समितिहरूका सदस्यहरूको मनोनयन तथा आवश्यक हेरफेर गर्नेछन्। साथै अध्यक्ष र उपाध्यक्ष अनुपस्थित रहँदा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिने कार्यसूची रहेको छ।

त्यसैगरी, प्रधानमन्त्री बालेन शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन संसद्मा प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।

आजका बैठकहरूले संसद्को आगामी कार्यदिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...