काठमाडौँ । गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाका अनुसार गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरिएको हो । प्रहरीले शुक्रबार रातिदेखि सञ्चालन गरेको विशेष अपरेसनमा अन्य १७ जनालाई पनि नियन्त्रणमा लिएको छ ।
नुवाकोटको ककनी–५ घर भई टोखामा बस्दै आएका ३३ वर्षीय गुरुङ यसअघि पनि पटक–पटक पक्राउ परिसकेका व्यक्ति हुन् । उनी कुख्यात ‘घैँटे’का सहयोगी मानिन्छन् ।
प्रहरीका अनुसार गुरुङलाई हातहतियारसम्बन्धी मुद्दामा यसअघि पनि अनुसन्धान गरिएको थियो । हाल पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।