पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं — हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ, जसका कारण देशभर मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार विभिन्न प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक वर्षा र हिमपात भइरहेको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश का केही स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ

आज दिउँसो देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा बदली रहनेछ भने तराईका भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश का तराई क्षेत्रमा केही स्थानमा तथा अन्य तराईका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने बताइएको छ। मधेस प्रदेश सहित कोशी, बागमती प्रदेश र गण्डकीका तराई क्षेत्रमा हुरीबतासको समेत सम्भावना रहेको छ।
आज राति भने हिमाली क्षेत्रमा बदली कायम रहने, पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। राति पनि केही हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसममा आएको यो परिवर्तनसँगै मेघगर्जन, चट्याङ र हुरीबतासबाट सतर्क रहन नागरिकलाई आग्रह गरिएको छ।

छुटाउनुभयो कि ?

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

नेकपा(बहुमत) ५ नं ब्युरोको छैठौं वैठक सम्पन्न

दाङ, २५ चैत २०८२ — नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ५नं ब्युरो समितिको छैठौँ पूर्ण बैठक दाङमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प...
बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध  नेकपा माओवादीको विरोध

बालेन सरकारको २८ अर्ब ऋणविरुद्ध नेकपा माओवादीको विरोध

काठमाडौं — गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारद्वारा लिन लागिएको २८ अर्...
शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो  ज्ञापनपत्र

शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्ति माग गर्दै अखिल (क्रान्तिकारी) ले बुझायो ज्ञापनपत्र

दाङ — नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिति दाङले निजी विद्यालय देखि ट्युसन तथा कोचिङ सेन्ट...
दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

दार्चुलामा श्रमदानबाट पुल बनाउन हर्क साम्पाङ प्रस्थान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्न दार्चुला...