रुकुमको सोलाबाङमा गाडी र अटो दुर्घटना हुँदा आठ जना घाईते , आठबिसकोटकी बिमलाको अवस्था गम्भिर
दाङबाट रुकुम पूर्व तर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ख ०१४६ नम्वरको फोर्स डागी र खलंगाबाट सोलाबाङतर्फ जाँदै गरेको लु.प्र. ०२-००१ ह १३७८ नम्वरको अटो एक आसपमा ठोकिएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार दुर्घटनामा परेर आठ जना घाईते भएका छन् । घाईते हुनेहरुमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ सेरीगाउँ बस्ने अटो चालक २८ वर्षीय अर्जुन केसी, आठबिसकोट नगरपालिका ८ चुर्तिपाखा निवासी २२ बर्षीया बिमला बोहरा, सोहि स्थान निवासी अबिर महताराको छोरा ९ वर्षीय प्रवेश महतारा र सोहि वडाको दाजे निवासी ३२ वर्षीया सीता देवकोटा, उहाँको ८ वर्षीया छोरी स्मारिका देवकोटा, सोहि स्थान बस्ने तारा देवकोटाको ९ वर्षीय छोरा शिव देवकोटा घाईते भएकी छन्।
त्यसैगरी बाँफिकोट गाउँपालिका ३ भाग्ले निवासी २६ वर्षीया गीता देवकोटा र उहाँको ५ वर्षीया छोरा एन्जिला देवकोटा पनि दुर्घटन...


