काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका–१२, टिस्टुङ क्षेत्रमा ट्रक पल्टिँदा त्रिभुवन राजपथमा यातायात अवरुद्ध भएको छ ।
आज राति करिब १ः३० बजेतिर काठमाडौँबाट हेटौँडा आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७५० नम्बरको ट्रक दाहिने साइडको पट्टा भाँचिएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धादिङको बेनिघाटरोराङ–२, मौवाखोलाका २७ वर्षीय चालक धुर्व घले घाइते भएका छन् । उनको पालुङ अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक सडकमा पल्टिँदा त्रिभुवन राजपथ हुँदै सञ्चालन हुने सवारी आवागमन प्रभावित भएको छ । इलाका प्रहरी कार्यालय पालुङको टोलीले ट्रक हटाउने प्रयास गरिरहेको छ ।