काठमाडौँ । उपत्यकामा गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले सञ्चालन गरेको अपरेसनमा १७ जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेल, दरबारमार्ग र सामाखुसी क्षेत्रबाट १३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेली समूहसँग आबद्ध सञ्जि लामा, अशोक गिरी र सुरेश गुरुङ ‘किमजोङ’ रहेका छन् ।
यस्तै, जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रवीण तामाङ ‘डिम्पल’, बिर्जु महर्जन, सुजन कार्की र सरु हुमागाईँ छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न क्षेत्रमा गुण्डागर्दीमा सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।